छनुको तिज कोशेली छम छमी नाचौँन


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ साउन

यो वर्षको तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यही मेसोमा गायिका छनु गुरुङले आफ्नो स्वरमा नयाँ तीज गीत ‘छम छमी नाचौँन…’ बजारमा ल्याएकी छिन् ।

यस तीज गीतसँगै यसको भिडियो पनि सार्वजनिक गरिएको छ । कमल राईले निर्देशन गरेको गीतको भिडियोमा छनुले नै नृत्य गरेकी छिन् ।

उनलाई नृत्य र अभिनयमा अमृतले साथ दिएका छन् । शिव ढकालले छाँयाकन गरेको भिडियोलाई तारा थापाले सम्पादन गरेका छन् ।

यो गीतमा अमृत मरहठ्ठाको शब्द, पुष्कर सुनुवारको सङ्गीत रहेको छ । सुनबहादुर गुरुङले निर्माण गरेको गीतको भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ ।

छनु गुरुङले केही समय पहिला गायक प्रताप दासको साथमा ‘के पो भनम्ला…’ बोलको गीत’ बाट चर्चा पाईन् । यी गायिकाले यो वर्षको तीजमा तीज गीतप्रेमीहरुलाई मध्यनजर गर्दै ‘छमछमी नाचौंन…’ ल्याएको बताईन् ।

चलचित्रमा मेकअप आर्टिष्ट र गीतकारको रुपमा चर्चा कमाइरहेका अमृत मरहठ्ठाले तीजको गीतमा आफ्नो प्रथम प्रयास भएको बताए, ‘सुनेर, हेरेर सल्लाह, सुझाब दिनुहोला ।’ उनले भने ।