आदर्श दम्पत्ति सम्मानबाट निश्चल र स्वस्तिमा सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ साउन

अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता एवम् निर्देशक समारोहबीच यी दम्पत्तिलाई ललित ब्युटिसियन बहुउदेस्यीय सहकारी संस्था र ललित फरिया घरले ‘आदर्श दम्पत्ति सम्मान–२०७६’बाट सम्मानित गरेको हो ।

ललित ब्युटिसियन बहुउदेस्यीय सहकारी संस्थाद्धारा सञ्चालित एवम् ललित फरियाघरको आयोजनामा ललितपुरको जावलाखेलमा तिज माईति मेला २०७६ गरिएको छ । शनिबारसम्म चल्ने यो तिज मेलाको उद्घाटन समारोहमा अभिनेता निश्चल र अभिनेत्री स्वस्तिमा विशेष अतिथि बनेर पुगेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यी दम्पत्तिलाई सम्मान प्रदान गरेका हुन् । यसरी बिहिबार सो कार्यक्रममा सम्मानित भएपछि अभिनेत्री स्वस्तिमा र अभिनेता एवम् निर्देशक निश्चल बस्नेतले सो सम्मान प्रति यसरी खुसी व्यक्त गरे ।

अभिनेता स्वस्तिमा खड्का यतीबेला निकै चर्चामा छिन् । उनको नयाँ फिल्म हजार जुनीसम्म यही ३० साउनबाट रिलिज हुँदैछ । यो सम्मानले आफुहरुलाई चलचित्र क्षेत्रमा काम गर्न अझ प्रेरणा मिलेको निश्चलले बताए ।

ललित फरिया घरले आयोजना गरेको सो तिज मेला शनिबार १८ साउनसम्म तीन दिन सञ्चालनमा रहने बताउँदै आयोजक मिना न्यौपाने रिमालले तिजको अबसर पारेर यो मेला आयोजना गरिएको बताईन् । ललित व्युटिसियन बहुउदेश्यीय सहकारी र ललित फरियाघरद्धारा उत्पादित विभिन्न सामग्रीहरु निकै छुटका साथ मेलामा बिक्रीका लागि राखिएको पनि मिनाले बताईन् ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्वस्तिमा र निश्चललाई सम्मानित भएकोमा बधाई दिँदै व्युटिसियनहरुले ललित व्युटिसियन सहकारी खोलेर विभिन्न प्रसँसनीय कार्य गरेको बताए । कार्यक्रममा यमन श्रेष्ठ, मिना निरौला, जुनु रिजाल काफ्लेको गायन, पल्पसा डंगोल (चम्सुरी)को विशेष प्रस्तुति निकै आकर्षक थियो । समारोहमा विभिन्न कलाकार तथा अग्रज व्युटिसियनहरुको उपस्थिति थियो ।