रुचाईँदै लभ डायरिजको सुन्यौ की सुनेनौ…


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ साउन

आगामी ३ असोजमा रिलिज हुने चलचित्र ‘लभ डायरिज’को पहिलो गीतको भिडियो काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ । गीत निकै सुन्दर बनेको छ ।

दर्शकले यो गीतको भिडियोलाई निकै मन पराएका छन् । मनाङको नयाँ ताल क्षेत्रमा छायाँकन गरिएको भिडियालाई विक्रम लामा र एञ्जिला खत्रीले कोरियोग्राफी गरेका छन् । ‘सुन्यौ कि सुनेनौ…’ बोलको यो गीतमा लभ डायरिजका मुख्य कलाकार सुशील श्रेष्ठ र रुविना थापाको अभिनय रहेको छ ।

सौरभ चौधरीको निर्देशनमा निर्माण भएको यो फिल्मको यस गीतको भिडियो सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा रिलिज गरिएको हो । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । गीतलाई सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर रेकर्ड गरिएको छ ।

लभस्टोरी कथामा निर्माण भएको सिनेमाको कथा मधु बास्तोलाले लेखेका हुन् । भने, पटकथा तथा संवाद निर्देशक सौरभ चौधरी मधु बास्तोलाले मिलेर तयार पारेका हुन् । लभ डायरीजलाई विनोद सापकोटाले निर्माण गरेका हुन् । साहिल खान एसोसियट निर्देशक रहेको सिनेमामा सह(निर्माताको रुपमा सरोज तुलाधर रहेका छन् ।