शिबहरिको लक्का जवान खेलेनन महजोडीले 


ब्युटी न्युज नेपाल

काठमाडौं, १५ साउन

मुखाँ हान्दिउँ भन्ने थेगोले चर्चा कमाएका हास्य अभिनेता शिवहरि पौडेल पनि चलचित्र निर्देशकमा उत्रिएका छन् । शिबहरि पौडेले नयाँ चलचित्र लक्का जवानको निर्देशन गर्ने भएका छ ।

 आफुले निर्देशन गर्ने यो चलचित्रको उनले काठमाडौंमा बुधबार निर्माण घोषणा गरे । सो घोषणा समारोहमा मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्य (मह जोडी) विशेष अतिथिका रुपमा प्रस्तुत भए । अभिनेता शिबहरि पौडेललाई चलचित्र क्षेत्रमा ल्याउन बरिष्ट हास्यअभिनेता मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यले नै शिबहरिको फिल्म नखेल्ने भएका छन् । तर विभिन्न कारणले गर्दा यो फिल्ममा आफुले खेल्न नसक्ने कुरा बरिष्ट अभिनेता हरिबँश आचार्यले यसरी प्रस्ट पारे । मह सञ्चार बाहेक अरु व्यानरको फिल्म नखेल्ने नीति अनुसार यो फिल्म आफुहरुले नखेल्ने हरिबँशले बताए । मदनकृष्ण श्रेष्ठले पनि फिल्मको कथा राम्रो भएकाले हिट हुने विश्वास व्यक्त गरे ।

यो फिल्ममा मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यले नखेल्नुको कारणबारे शिबहरि पौडेलले नै कार्यक्रममा यसरी प्रकाश पारे,‘दाईहरुले मह सञ्चारको व्यानर बाहिरको फिल्म खेल्दा अरु व्यानरबाट पनि फिल्म खेल्नु पर्ने दवाव आउने कारणले नखेल्ने भन्नु भयो । अर्को वर्ष मह सञ्चारकै फिल्म निर्देशन गर्ने अबसर पाएँ भने उहाँहरुले पक्कै खेल्नु हुनेछ ।’

शिबहरि पौडेलले मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यलाई मुख्य कलाकारको रुपमा लिने भनेर सोही अनुसार स्कृप्ट लेखेका थिए । अब त्यो मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यले यो फिल्म नखेल्ने भएपछि उनीहरुको ठाउँमा किरण केसी र आफैंले अभिनय गर्ने भएका छन् । यो फिल्ममा हरिबँश आचार्यले निर्वाह गर्ने भनिएको भूमिकामा किरण केसीले खेल्ने छन् । मदनकृष्ण श्रेष्ठको लागि भनेर लेखिएको भूमिकामा शिबहरि पौडेल आफैंले अभिनय गर्ने भएका छन् ।

यो फिल्मको मुख्य नायक नायिकाका दीलिप रायमाझी र प्रियँका कार्की हुनेछन् । दीलिप त यो फिल्मका कार्यकारी निर्माता पनि हुन् । यो फिल्मका कार्यकारी निर्माता दीलिपसँगै किरण केसी र शिबहरि पौडेल पनि हुन् । अनसुया श्रेष्ठ वन्तले निर्माण गर्ने यो फिल्मका सह निर्मातामा कलाकार राजाराम पौडेल, दीपेन्द्र खनियाँ, सुरेन्द्र केसी (मुलाको साग), शुशिल अर्याल, राज केसी, डेजी अर्याल, पूरषोत्तम प्रधान पनि हुन् ।

धुर्व वन्तको प्रस्तुत रहने यो चलचित्रमा अब दीलिप, प्रियँकासँगै, वर्षा शिवाकोटी, किरण केसी, राजाराम पौडेल, सलोन बस्नेत, सरोज खनाल, सुरेन्द्र केसी, शुशिल पोखरेल, बिनोद केसी, सावित्री गुरुङ, अँशु महर्जन, बिमला गिरी, यमन श्रेष्ठ, रमेश केसी मट्टारे सहितका कलाकारहरुको अभिनय रहने छ ।

यो फिल्मलाई भदौको पहिलो साताबाट छायाँकन सुरु गरिने भएको छ । हास्य प्रधान यो चलचित्रलाई आगामी ७ चैतबाट रिलिज गरिने भएको छ । यो फिल्ममा शिबहरि पौडेललाई एसोसियन निर्देशकको रुपमा चलचित्र दाल भात तरकारीका निर्देशक सुदन केसीले सघाउने भएका छन् । शिबहरिले नै लेखेको फिल्मलाई पुरुषोत्तम प्रधानले छायाँकन गर्नेछन् ।