बन्ने भयो चलचित्र आधा सुर


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ साउन

चलचित्र ‘आधा सुर’को काठमाडौंमा मँगलबार एक समारोहबीच निर्माण घोषणा गरिएको छ ।

नव निर्देशक अशिन पौडेलले यो फिल्मको निर्देशन गर्नेछन् । डेब्यु निर्देशन हो । आधा सुरलाई राम्रो चलचित्र बनाउन कुनै सम्झौता नगर्ने उनले बताएका छन् । सपनासँग जोडिएको जिन्दगीको कथालाई आफुले चलचित्रमा उतार्न लागेको पनि उनले बताए ।

पौडेलको यो आधा सुरमा अर्पण थापा, प्रविण खतिवडा, शिशिर बाङ्देल, सरिता गिरी, दीलिप रानाभाट, बविता मल्ल, सुरज विष्ट, मोहन जैशी सुभांगम पराजुलीसहितको अभिनय रहनेछ । निर्देशक पौडेलका अनुसार, आधा सुरका लागि एक नायिकाको चयन बाँकी छ ।

भदौ दोस्रो साताबाट छायांकन सुरु हुने सिनेमा काठमाडौंमा र पोखरामा खिचिनेछ । घोषणा समारोहमा बोल्दै अभिनेता प्रविण खतिवडाले सिनेमाको कथावस्तुले आफूलाई आकर्षित गरेको बताए । यस्तै, अभिनेत्री सरिता गिरीले सिनेमाको आफ्नो भूमिका दर्शकलाई मनपर्ने बताइन् ।

विष्णु घिमिरे ‘कल्पित’ ले छायाँकन गर्ने सिनेमामा रोशनराज थापाको संगीत र केशव रानाको सम्पादन रहने छ । यस चलचित्रको कथा सौरभ कार्कीले तयार पारेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा निर्देशक पौडेलले सघाएका छन् ।