ब्युटी न्युज नेपाल
काठमाडौं, १४ साउन

निकै गंभिर गीत न बचाउन सकेंको भिडियो रिलिज भएको छ । सोमबार काठमाडौंमा प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले यो गीतको भिडियो सार्वजनिक गरेका हुन् । कार्यक्रममा भिडियो हेरेर उनी पनि गम्भिर भए ।

सो गीतमा समावेस गरिएका दृश्य तथा शब्द निकै भाभुक बनाउने किसिमका छन । गीतमा एलिश खनालको समेत अभिनय रहेको छ ।

प्रकाश धितालको निर्देशनमा बनेको भिडियोमा सञ्चारकर्मी विकास लामिछाने र मोडल रक्षा श्रेष्ठलाई श्रीमान श्रीमतीको रुपमा देख्न सकिन्छ । आफ्नो बिरामी छोरालाई बचाउन नसक्दाको पिडा गीत र भिडियोमा प्रस्तुत छ ।

तुलसी सिवाकोटी स्वर, दुर्गा प्रसाद रिमालको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ । यो गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका हुन् ।बुद्ध थापाले खिचेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।