‘रे’को एक्सन प्रधान ट्रेलर


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ साउन

यही २४ साउनबाट नयाँ चलचित्र ‘रे’ मुलुकका सिनेमा घरमा रिलिज हुने भएको छ ।

प्रदर्शन मिति नजिकिँदै गर्दा मँगलबार यो चलचित्रको ट्रेलर रिलिज गरिएको छ । ट्रेलर अनुसार खलअभिनेता सुनिल थापा यो फिल्ममा डनको रुपमा प्रस्तुत भएका छन् । फिल्मका अभिनेता दिवस धिताल र अभिनेत्री सुजाता थापाबीचको प्रेम सम्बन्धमा सुनिल थापा बाधक बनेको यसमा देखिन्छ । ट्रेलर अनुसार नव अभिनेता दिवस यो फिल्ममा एक्सन अबतारमा प्रस्तुत भएका छन् । ट्रेलरलाई ओएसआर डिजिटलको युट्युज च्यानलबाट रिलिज गरिएको हो ।

दिनेश पौडेलको लेखन निर्देशन रहेको चलचित्र रे एक्सन प्रधान जनरामा आधारित रहेको ट्रेलरबाट प्रस्टिएको छ । एक्सनसँगै सामाजिक प्रेम कथामा फिल्म आधारित भएको निर्माण पक्षको कथन छ ।

यो चलचित्रलाई राजेन्द्र त्रिपाठीले निर्माण गरेका हुन् । यो फिल्ममा सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशीको अभिनय छ । फिल्ममा किशोर खतिवडाको विशेष भूमिका छ ।
कुमार श्रेष्ठको द्धन्द्ध निर्देशन, ओम सुनारको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रमेश बिशँखेको सम्पादन, महेन्द्र थापाको छायाँकन यो चलचित्रमा रहेको छ ।