सृजनाले चुमिन मिसेज नेपाल ग्रान्डको ताज


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ साउन

मिसेज नेपाल ग्रान्ड २०१९ को उपाधि सृजना श्रेष्ठले जितेकी छिन । फाईनल प्रतियोगितामा सृजनाले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै दोश्रो संस्करणको मिसेज नेपाल ग्रान्ड उपाधि चुम्दै विभिन्न उपहार प्राप्त गरिन् । उनी मोस्ट ट्यालेन्ट, बेस्ट क्याटवाक र मस्ट फोटोफोजेनिक पनि भईन् ।

काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न सो प्रतियोगितामा मिसेज नेपाल ग्रान्ड फस्ट रनर अपको उपाधि अञ्जली केसी शाहले प्राप्त गरिन् । अञ्जलीले मोस्ट पपुलर र सोसियल वेलफेयरको उपाधि पनि हाँसिल गरिन् ।

यस्तै सेकेन्ड रनर अपको उपाधि सृजना थापा श्रेष्ठले जितिन् । म्यानेजमेन्छ च्वाईस सहित थर्ड रनरअपको उपाधि एलिना घिसिङले पाईन् । भिवर्स च्वाईस सहित पब्लिक च्वाईसको उपाधि उषा राना केसीले हाँसिल गरिन् ।

यो प्रतियोगितामा मोस्ट एक्टिभको उपाधि सृजना श्रेष्ठले, बेस्ट हेयरको उपाधि रविना थापाले, बेस्ट भ्युजको उपाधि इच्छा राईले, मस्ट ब्युटिफुलको उपाधि चेलिनले, बेस्ट स्किन र बेस्ट स्माईल उपाधि पूर्णिमा कोईरालाले र हाँसिल गरे ।

गृहणीहरुको व्यक्तित्व विकाशको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष रमी श्रेष्ठले बताए । सो प्रतियोगिताको संयोजना दीपा सेढाईंले गरेकी हुन् ।

यल मिडियाद्धारा आयोजित यो प्रतियोगितामा अभिनेत्री सञ्चिता लुईटेल, सञ्चारकर्मी सरोज प्याकुरेल, सूर्य चन्द सहित एलिजा महर्जन, चन्दा थापा गिरी थिए ।