पहिलो सातामा घरलाई करोड


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ साउन

३ साउनबाट सिनेम हलमा रिलिज भएको चलचित्र ‘घर’ दोश्रो सातामा प्रदर्शन भईरहेको छ । यो फिल्मले दोश्रो साता पनि राम्रो व्यापार गरेको निर्माता शर्मिला पाण्डेले बताएकी छिन् । यसपटक कम बजेटमा बनेको हरर चलचित्रबाट आफुलाई राम्रो मुनाफा हुने उनले दाबी गरेकी छिन् ।

अर्पण थापाको निर्देशनमा तयार भएको चलचित्रमा अर्पणका साथ बेनिशा हमाल, सुरक्षा पन्तको मुख्य भूमिका छ ।

निर्माता शर्मिलाका अनुसार, यो चलचित्रले दोश्रो साताको शनिबारसम्म आइपुग्दा १ करोड भन्दा बढी ग्रस कलेक्शन गरेको छ । दोश्रो साताको शनिबार पनि काठमाडौका अधिकांश मल्टिप्लेक्समा चलचित्र हेर्न दर्शकको उपस्थिति देखिएको पनि निर्माता पाण्डेले बताईन् । हरर चलचित्रमा पनि दर्शक भएको अनुभूती आफुहरुले गरेको पनि उनले जानकारी गराईन् । शर्मिला अहिले नयाँ चलचित्र ‘आमा’ निर्माण गरिरहेकी छिन् ।