पासवर्डको फस्ट लुक्समा सन्नीको पोज


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ साउन

बलिउड अभिनेत्री सन्नी लियोनीको कामुक नृत्यलाई दर्शकले नयाँ नेपाली फिल्म ‘पासवर्ड’मा देख्न पाउने छन् । फिल्म पासवर्ड आगामी २७ भदौबाट सिनेमा हलमा रिलिज हुने भएको छ । पासवर्डको दुई ओटा अफिसियल पोस्टर फस्ट लुक्स आईतबार सार्वजनिक गरिएको छ ।

बलिउड अभिनेत्री सन्नी लिओनी सहित सिनेमाको मुख्य कलाकारलाई सार्वजनिक पोस्टरमा समेटिएको छ । पोष्टर निर्माणमा केही मेहनत गरिएको देखिन्छ ।

सिनेमाको मुख्य कलाकार आक्रामक मुद्रामा प्रस्तुत भएका छन् । भने, सन्नीको कामुक रुप देख्न सकिन्छ । एक आइटम गीतमा नृत्य पस्किएकी सन्नीको केहि संवादसहितको दृश्य पनि सिनेमामा समेटिएको निर्माण पक्षले बताएको छ ।
सम्राट बस्नेतले निर्देशन गरेको सिनेमामा बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको पनि अभिनय छ ।

एक पोस्टरमा अभिनेता अनुपविक्रम शाही र विक्रम जोशीलाई क्रोधित अबस्थामा देखाइएको छ । यी दुई बीचको द्वन्द पोस्टरले प्रस्ट्याउछ ।

एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई सौरभ लामाले छायाँकन गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको सिनेमामा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको सिनेमालाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् ।