तिजलाई ताराको कोशेली आउ संगी…


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ साउन

यो वर्षको तिजले गायक गायिकाहरुलाई व्यस्त बनाएको छ । उनीहरुलाई तिजको नयाँ गीत निकाल्न भ्याई नभ्याई छ । यसै क्रममा गायिका कविता श्रेष्ठको स्वरमा नयाँ तिज गीत आएको छ ।

गीतकार तारा अधिकारीले यो वर्षको तिजलाई लक्षित गरेर तीज गीत आउ संगी …. दर्शक श्रोतामाझ ल्याएकी हुन् । निकेश राई र कविता श्रेष्ठको स्वर रहेको गीतमा रमेश कडरियाको संगीत छ । सुमन केसीको संगीत संयोजनमा तयार गीत ए वान रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

गीतको भिडियोमा सागर लोप्चन, दिपसिखा अधिकारी लगायत अन्यले कम्मर मर्काएका छन् । गीतमा सिता राईको कोरियाग्राफी रहेको भिडियोमा सम्पादन नहकुल खड्को छ । भिडियोको छाँयाकन रामेश्वर हुँमागाईले गरेका छन् ।
तारा अधिकारीले यो भन्दा अघि आधुनिक गीतमा कलम चलाउँदै आएकी थिइन् । उनी चाँडै नै आधुनिक गीतको एल्बम बजारमा ल्याउने तयारीमा छिन् ।