नम्रताको जायरमा तनुजाको आईटम डान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ साउन

साँढे चार दशक अघि दर्शकमाझ आएको चलचित्र मनको बाँधको गीत यो मात चढेको साँझ…फेरी दर्शकमाझ नयाँ रेकर्डिङ र बाजा सहित आएको छ ।

यो गीतलाई पुन संगीत र रेकर्ड गरेर नेपाली चलचित्र ’जाइरा’को आइटम गीतको रुपमा प्रस्तुत गरिएको छ । गीतको भिडियोलाई शुक्रबार युट्युवमार्फत रिलीज गरिएको थियो ।

भाद्र ६ गते रिलीज हुने यो चलचित्र यस आईटम गीत निकै कामुक बनेको छ । यो गीतको भिडियो शुक्रबार युट्युव च्यानलमा रिलीज गरिएको हो । नयाँ रेकर्ड गरिएको यो मात चढेको साँझ… गीतमा मीना निरौलाको स्वर, बरिष्ठ गीतकार किरण खरेलको शब्द छ । पहिलो गीतलाई शिव शंकरले संगीत र मिरा राणाले स्वर दिएकी थिईन् ।

जाइराको लागि रिमेक गरिएको गीतमा फिरोज बज्राचार्य र डिजे राजुले रिएरेञ्ज गरेका छन् ।

अहिले चलचित्र जायरामा यो मात चढेको साँझमा तनुजा गुरुङले दमदार नृत्य गरेकी छन् । कोरियोग्राफर गोबिन्द राई हुन् । तनुजालाई अडिसन मार्फत यो गीतमा नृत्यको लागि छनौट गरिएको थियो ।

चलचित्रमा नम्रता श्रेष्ठसँग अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् ।

पटकथाको काम निर्देशक श्रेष्ठ र निरोज महर्जनले सम्हालेका छन् । कटामरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको ब्यानरमा प्रस्तुत भएको हो ।

प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको यो चलचित्रलाई बाबु श्रेष्ठले छायांकन तथा लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् ।

’जाइरा’मा नायिका नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । पर्दामा प्रायः लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी श्रेष्ठले यस चलचित्रमा भने आफुलाई एक्सन प्रधान देखाएकी छन् । यो चलचित्रलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् ।