ब्युटी न्युज नेपाल
काठमाडौं, १२ साउन

चलचित्र ’हजार जुनीसम्म’को ट्रेलर राजधानीमा एक कार्यक्रमबीच शुक्रबार सार्वजनिक गरिएको थियो ।

ट्रेलरमा फिल्मको कथासार देखाइएको छ । दर्शकले ट्रेलरमा हजार जुनीलाई रुचाएका छन् । यो ट्रेलरले रिलिज भएको ४८ घन्टामै ७ लाख ५५ हजार भ्युज पाईसकेको छ । ट्रेलर प्रति दर्शकको क्रेज हेर्दा यो फिल्मले दर्शकको राम्रो साथ पाउने आशा गरिएको छ ।

आउँदो साउन ३० गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको सार्वजनिक ट्रेलरमा फिल्मका अधिकाँस कलाकारहरु समेटिएका छन् । ट्रेलरमा स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइँटेल, शिवहरी पौडेल, अखिलेस प्रधान र अनुभव रेग्मीको मुख्यय भूमिका छ ।

नाई नभन्नु ल सिरिजका निर्देशक बिकासराज आचार्यको निर्देशनमा तयार फिल्मलाई प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ । निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमिल्सेनासंगको सहकार्यमा तयार पारेका हुन् ।