सानो मन तेश्रो सातामा


ब्युटी न्युज नेपाल
काठमाडौ, ११ साउन

असार २७ बाट रिलिज भएको चलचित्र ‘सानो मन’ले तेश्रो सातामा पनि प्रदर्शन भईरहेको छ । यो चलचित्र काठमाडौं उपत्यकाको क्युएफएक्स सिभिल मल, गोपिकृष्ण, गुण, अष्टनारायण लगायतका फिल्म हलमा तेश्रो सातामा पनि प्रदर्शन भईरहेको र दर्शकबाट अझै राम्रो प्रतिक्रिया पाएको यसका निर्माता राजेन्द्र मानन्धरले बताएका छन् ।

सुयोग गुरुङले निर्देशन गरेको चलचित्र सानो मनमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ ।

आलोक शुक्लाको डि.ओ.पि. रहेको चलचित्रलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ ।

ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यो चलचित्र निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् ।