चलचित्र एकलब्य ६२ हलाबाट रिलिज


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, १० साउन

एक्सन प्रधान सामाजिक चलचित्र ‘एकलब्य’ शुक्रबारबाट मुलुकका ६२ ओटा सिनेमा हलबाट रिलिज भएको छ । फिल्मले पहिलो दिन आसा लाग्दो व्यापार गरेको र शनिबार अझ राम्रो व्यापार गर्ने विश्वास लिएको यसका निर्माता अभिनेता सोनाम थापामगरले बताए ।

एकलब्यमा सोनम थापामगर, पुष्कर राउत, ओसिन भट्टराई, महिला सिलवाल, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको अभिनय रहेको छ ।

यो चलचित्र हेर्दा दर्शकहरुलाई अहिलेको समसामयिक घटना हामीले हेरिरेहेका छौं महसुस हुने यसका अभिनेता सोनाम थापाले बताए । एकलब्यलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् ।

चलचित्र एकलब्यलाई अनमोल शर्माले निर्देशन गरेका हुन् । दर्जन भन्दा बढी चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका शर्माको यो डेब्यु निर्देशन हो । पुरानो अनुभवको आधारमा आफुले राम्रो फिल्म बनाउने कोसिस गरेको पनि शर्माले बताए । अनमोलका अनुसार चलचित्र एकलब्य एक्सन प्रधान रहेको छ । शर्माका अनुसार फिल्म सिँगलसँगै केही मल्टिप्लेक्स हलमा पनि आएको छ ।

निर्देशक शर्माका अनुसार एकलव्य समसामयिक बिषयमा निर्माण गरिको सामाजिक प्रेम कथामा आधारित छ । ट्रेलरमा गुण्डागर्दी, अपहरण, हत्या, भ्रस्टाचार जस्ता अहिलेका विविध समस्यालाई प्रस्तुत गरिएको छ ।

चलचित्र एक्लत्तब्यमा अर्जुन जिसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत÷संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद र कृष्ण श्रेष्ठको छायाँकन छ ।