च्यारिटी फेशन शोमा सम्मानसँगै फेसन प्रस्तुति


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ साउन

रसलाईट मिडिया र राष्ट्रिय मोडलिङ संघ नेपालको संयुक्त आयोजनामा सम्मान कार्यक्रम सँगै च्यारिटी फेशन नाइट २०१९ सम्पन्न गरेको छ ।

नेमोसका अध्यक्ष दिनेश शाहीको आह्वानमा रसलाईट मिडियाकी अध्यक्ष रमिता भण्डारी द्वारा ‘च्यारिटी कल्चर एण्ड फेशन शो फर बाढीपडित’ लाई युवानेता क्षितिज भण्डारी, अनन्त श्रेष्ठ, सच्चिन्द्रमोहन राउतले लाखौंको कम्बल, त्रिपाल र औषधिजन्य सहयोग हस्तान्तरण गरेका छन् ।

मधेसको बाढीपहिरोमा सहयोग र सहानभुतिको लागि काठमाडौमा ४ कलाकर्मी एकजुट भएका छन् । त्यस्तै हरि जोशीको सस्थाको सहकार्यमा ४ गते रौतहट र ५ गते सप्तरीमा ५०० त्रिपाल, १० लाख बराबरको औषधि र अन्य आवश्यक सामग्री बितरण हुन लागेको च्यारिटी शोका प्रमुख अतिथि एनपि साउदले बताए ।

फेशन कोरियोग्राफर एव संचारकर्मी जयन सुब्बा मानन्धर शो स्टाटर्र्स रहेको उक्त फेसन सोमा जोजोलोपा कलेक्सनबाट डिजाइनर प्रतिमा महर्जन, जय प्रकृती सिकाइ प्रशिक्षण हेटौडाकी डिजाइनर मेनुका श्रेष्ठ , डिजाइनर सरला श्रेष्ठ एव डिजाइनर अनिता खत्रि क्षेत्रिको आकर्षक डिजाइनमा महिला एव पुरुष गरि ३० जना मोडलहरु स्टेजमा उत्रेका थिए ।

राष्ट्रिय मोडलिङ संघ द्वार्रा जयन सुब्बा मानन्धरलाई नेपाल आमा रत्न सम्मानद्धारा समानित गरियो । सो कार्यक्रममा नेपालको कलाकर्मी, उद्योगी र राष्ट्रसेवकलाई समेत अभिनन्दन गरिएको थियो । टेकु स्थित एक कटेजमा सम्पन्न उक्त च्यारिटी फेशन नाइटको सफलता पछि उत्साहित बनेका आयोजक रमिता भण्डारी एवं दिनेश शाहीले आगामी दिनहरुमा पनि यस्तै किसिमको कार्यक्रमहरु ल्याउने बताए ।