दर्शकलाई मन पर्यो मारुनीको सक्दिन म बाँच्न…


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ साउन

आगामी भदौमा रिलिज हुने चलचित्र मारुनीको नयाँ गीत सक्दिन म बाँच्न…को भिडियो पाँच दिन अघि रिलिज गरिएको थियो । यो गीतको भिडियो अहिले लोकप्रिय छ ।

यो गीतको भिडियोमा अभिनेता पुष्प खडका र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय छ । भिडियोमा यी दुईको अभिनय ससक्त छ । सुरेश वाग्लेले लेखेको यो गीतलाई गायिका मेलिना राईले गाएकी छिन् । यो गीतको संगीत अर्जुन पोखरेलले गरेका हुन् । यो प्रेम गीतले पाँच दिनमा ११ लाख भन्दा बढी दर्शकबाट भ्युज पाएको छ ।

यो चलचित्रमा पुष्प र साम्राज्ञीसँगै रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शँकर सेढाई, बिनोद भट्टराई, शुशिल क्षेत्रीसहितको अभिनय छ ।

चलचित्र मारुनीलाई नवल नेपालले निर्देशन गरेका हुन् । प्रविण सिंह, बिक्रम लामा र एंजिला खत्रीको कोरियोग्राफी रहेको यो चलचित्रमा दीपक बज्राचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत छ ।

गोविन्द फुयाल र नवल नेपालले लेखेको यो चलचित्रलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन् । चलचित्रका निर्माता पुजन गौतम सहित राजा प्रधान, दर्शन केसी र मिना क्षत्रीको लगानी छ ।