तीज म्यूजिक अवार्डको दर्ता खुल्यो


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ साउन

छायाँछवि तीज म्यूजिक अवार्डको छैठौं संस्करणका लागि तीज गीत दर्ता गर्न सार्बजनिक रुपमा आब्हान गरिएको छ । नेपाली खासगरी हिन्दु नारीहरुको महान् चाड तीजका अवसरमा छायाँछवि क्रियशनले विगत ६ वर्षदेखि यो अवार्ड गर्दै आएको छ ।

नवीनतम् आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई गीत मार्फत प्रस्तुत गर्ने चलन छ ।

गीतहरु गाउँघरका जमघटबाट अझै पर हटेर मुलत गायिका र बदलिँदो परिस्थितिमा गायकले समेत तीज दोहोरी गाउने चलन बनेको छ । तीजका अवसरमा ८०० देखी १००० गीत प्रकाशित हुने गरेका छन् । यी नै तीजका श्रष्टाहरु पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन भनेर तीज अवार्ड गर्ने गरेको कार्यक्रमकी संयोजक गीता अधिकारीले बताएकि छिन् ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले पाँचौं तीज म्यूजिक अवार्डमा तीजका विभिन्न ३० विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए । साथै प्रियले तीज अवार्ड आगामी १२ भाद्रमा काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गरी सम्पन्न गरिने जानकारी गराए ।