आर्जनको गीतमा महिलाको खिल्ली उडाईयो


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ साउन

मोडलको रुपमा समेत चर्चा कमाएका गायक आर्जन पाण्डेले अभिनेत्री केकी अधिकारीको अभिनेत्री रीमा विश्वकर्मालाई रोजेका छन् । यसअघि आर्जनका अधिकांश म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी थिइन् । आर्जनले केकीको साटो रीमालाई उनकै नयाँ गीत ‘घाँटी भन्दा तल…’ को म्युजिक भिडियोमा रोजेका हुन् ।

बुधवार सार्वजनिक भएको यो गीतको म्युजिक भिडियोमा भने गायक पाण्डेले गायिका विश्वकर्मालाई अभिनय गराएका छन् ।

घाँटी भन्दा मुनी मात्र महिलालाई राम्रो देख्ने यो गीतले आम नेपाली महिलाहरुको खिल्ली उडाएको छ । गीतकार प्रतिक पौडलको गीति लेखन मानसिकताले महिलामाथि घाँटी मुनी मात्र राम्रो देख्छ । महिलालाई विभेद गर्ने यस्तो गीत आर्जनले किन गाए ? त्यो महिलाबादीहरुले आबाज उठाउने छन् । तर गीतको भिडियो भने आकर्षक बनेको छ । महिलालाई अपहेलना गरेको कारण पनि यो भिडियोमा केकी अधिकारीले अभिनय नगरेको हुनुपर्छ ।

घाँटी भन्दा मुनी मात्र महिलालाई राम्रो देख्ने यो गीतको  भिडियोमा गायक पाण्डेलाई अभिनेत्री रीमा विश्वकर्माले साथ दिएकी छिन् । यो गीतको म्युजिक भिडियो गायक पाण्डेकै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतको भिडियोमा गायक पाण्डे स्वयंले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई एस्ट्रो झोलेले निर्देशन गरेका छन् । भिडियोका छायांकार तथा सम्पादक पनि एस्ट्रो झोले नै हुन् ।