पक्राउ पूर्जी जारी पछि प्रहरीको खोजीमा शिल्पा र छबिराज


ब्युटी न्युज नेपाल
काठमाडौैं, ८ साउन

बहुविवाहको प्रकरणमा अभिनेत्री शिल्पा पोखरेल र उनका पति बरिष्ट निर्माता छबिराज ओझालाई प्रहरीले पक्राउ पुर्जी जारी भएको छ ।

निर्माता छबिराज ओझाकी जेठी पत्नी हेमा ओझाले पति छबिराज र नायिका शिल्पा पोखरेल बिरुद्ध गत आईतबार प्रहरीमा उजुरी दिएकी थिईन् । आफु हुँदा हुँदै छोरीको उमेरकी केटीसँग विवाह गरेको आरोप किटानी गर्दै यी दुई बिरुद्ध बहुविवाहको उजुरी दिएपछि सोही उजुरीको आधारमा जिल्ला अदालत काठमाडौंले यी दुईजनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । सोही अनुमतिको आधारमा प्रहरीले बुधबारबाट पक्राउको लागि निर्माता छबिराज ओझा र अभिनेत्री शिल्पा पोखरेललाई खोजी सुरु गरेको छ ।

निर्माता छबिराज ओझा सोमबार देखि नै भूमिगत भएका छन् । उनी मोवाईल स्विच अफ गरेर बसेका छन् । अभिनेत्री शिल्पा पोखरेल अहिले धरानमा भोजपुरी फिल्मको छायाँकनमा छिन् । बुधबार प्रहरीले पक्राउ पूर्जी जारीगरेसँगै शिल्पा पनि फोन सम्पर्कबाट बाहिर छिन् ।

गत साता अभिनेत्री शिल्पाले अँशबण्डा र मानो चामल भरणको माग सहित पति छबिराज ओझा बिरुद्ध काठमाडौं जिल्ला अदालनमा दाम्पत्य सम्बन्ध बिच्छेदको मुद्दा दायर गरेकी थिईन् । सोही मुद्दाको जानकारी पाएपछि छबिकी जेठी पत्नी हेमाले यी दुई बिरुद्ध बहुविवाहको उजुरी हालेकी हुन् ।