ब्युटी न्युज नेपाल
काठमाडौं, ७ साउन

चलचित्र ‘लभ यु हमेशा’ को टिजर सार्वजनीक गरिएको छ । भास्कर प्रधानको लेखन र निर्देशनमा बनेको फिल्मको राजधानीमा एक समारोहबीच टिजर रिलिज गरिएको हो ।

यो चलचित्र अब २७ भदौमा दर्शकमाझ आउने छ । पहिला भदौ ६ मा रिलिज हुने बताइएको भए पनि विविध कारणले २७ भदौमा सारिएको निर्देशक प्रधानले बताए । कार्यक्रममा निर्देशक भास्करले पूर्ण मनोरञ्जक फिल्म निर्माण गरेको बताए । निर्माता यवनले दर्शकको मनोरञ्जनका लागि दिल खोलेर लगानी गरेकाले सबैको माया पाउने बिश्वास ब्यक्त गरे ।

यो चलचित्रमा यशराज गरच, ऋचा थापा, फिजा योन्जन,शिसिर राणा, गोपाल ढकाल (छन्दे),सुरज श्रेष्ठ,सौरभ श्रेष्ठ, गीता बर्मा,करुणा श्रेष्ठ,निराजन मेहता, पिटी योल्मो,प्रमिला राई,सल्देन तामाङलगायतका कलाकारले अभिनय गरेका छन् ।
युवन गुरुङको प्रस्तुतिमा मिलन गुरुङ सहनिर्माता रहेको फिल्ममा भासुको संगीत, एनवी महर्जनको द्धन्द्ध निर्देशन, कमल राईको नृत्य निर्देशन, शिब ढकालको छायाँकन, छ । यो चलचित्रको सुटिङ भारतको कालेबुङ, सिलगुडीमा गरिएको हो ।

अभिनेता यशराजले लभ यु हमेशाको स्क्रिप्ट निकै मन परेकाले मिहीनेतका साथ काम गरेको बताए । अभिनेत्री ऋचाले पनि यो फिल्मबाट आफ्नो करिअर उचाइमा पुग्ने आशा ब्यक्त गरिन् ।

फिल्मको एउटा गीत र केही दृश्य सिंगापुर र फिलिपिन्समा खिच्नका लागि यसै साता फिल्म युनीट फिलिपिन्स उड्दैछ । धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको फिल्मलाई रिच इन्टरटेन्मेन्टले बितरण गर्दैछ ।