मोडल हन्ट नेपालमा ६० प्रतियोगी


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ साउन

‘मोडल हन्ट नेपाल २०१९’ ६० प्रतियोगी प्रशिक्षणमा जुटेका छन् । प्रतिस्पर्धामा कसरी उत्कृष्ट हुने र शिर्ष उपाधि प्राप्त गर्ने भन्ने उदेश्यले उनीहरु अहिले आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् ।

नेक्स्ट मोडल नेपाल आयोजना रहेको यो प्रतियोगितामा १६ देखि २८ ननाघेका प्रतियोगी युवायुवतीका लागि राजधानीको ठमेलस्थित इभिजा लन्चमा बिगत एकसाता देखि प्रशिक्षण चलिरहेको छ । प्रशिक्षणमा उत्साहित ३० युवती र ३० युवक सहभागी छन् ।

प्रतियोगीले मुख्य प्रशिक्षक रोजीन शाक्य, परमिता राणा, थेन्डुप शेर्पा लगायतबाट व्यक्तित्व विकास, बेसिक मोडलिङ, सञ्चारकला, फोटोसुट, भिडियोसुट लगायत प्रशिक्षण लिनेछन् ।

दोस्रो चरणको प्रशिक्षणमा मिस इन्डिया ग्लोब, ल्याक्मे फेसन वीक, दुवई फेसन वीक लगायत अन्तराष्ट्रिय सोका निर्देशक तथा कोरियोग्राफर अभिमन्यु सिंह तोमरबाट अन्तराष्ट्रिय मोडलिङ, स्टाइलिङ, ड्रेसिङ सेन्स, स्टेज पफमेन्स र कोरियोग्राफी सिक्नेछन् ।

प्रशिक्षणको क्रममा उनीहरुले दुई चरणको प्रशिक्षण लिने ‘मोडल हन्ट नेपाल २०१९’का आयोजक संस्था नेक्स्ट मोडल नेपालका प्रमुख रवि धमलाले बताए ।

अन्तिमस्पर्धा (फाइनल)आगामी भदौको पहिलो साता सोल्टी क्राउन प्लाजामा हुँदैछ । प्रतियोगितामा देशबिदेशका सेलिब्रेटीको पनि सहभागीता रहने आयोजकको दाबी छ ।