ब्युटी न्युज नेपाल
काठमाडौं, ७ साउन

नयाँ चलचित्री ‘हेल्लो काँशीराम’ बन्ने भएको छ । यो चलचित्रको सोमबारबाट छायाँकन सुभारम्भ गरिएको छ ।

रिम विश्वकर्माको निर्माण निर्देशनमा बन्ने यो चलचित्र कमेडी जनराको हुने छ । चलचित्र ‘हेल्लो काँशीराम’ पूर्ण हाँस्य प्रधान चलचित्र बन्ने निर्देशक रिम बिश्वकर्माले बताए ।

पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त नायक दिलिप रायमाझी र नवज्योति रसाइलीको मुख्य भूमिका चलचित्रमा रहनेछ ।

२५ दिनमा छायांकन सक्ने लक्ष्य सहित हेल्लो काशीरामको सोमबारबाटै सुटिङ सुरु गरिएको हो ।

चलचित्रमा दिलिप र नवज्योतिसँगै अर्जुन गुरुङ, उमेश मायालु, उमेश राई, सरोज केसी, सुमन खाँडलगायतका कलाकारको अभिनय रहने छ । यसमा शंकर महर्जनको द्वन्द, लिसन डिसी प्रोडक्सन म्यानेजर रहेका छन् ।

तस्बिर : भण्डारी नवराज