छबीको दोश्रो कानूनी श्रीमती शिल्पा नै, गीताञ्जली र रेखासँग थिएनन विवाह दर्ता


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ साउन

बरिष्ट निर्माता छबिराज ओझाले सोमबार ब्युटी न्युज नेपालसँगको कुराकानीमा हेमापछि कानूनी रुपमा विवाह भएको पत्नीको रुपमा शिल्पा रहेको खुलासा गरेका छन् ।

यसअघि प्रेमसम्बन्ध रहेरसँगै बसेको भए पनि अभिनेत्री गीताञ्जली सुनुवार र अर्की अभिनेत्री रेखा थापासँग विवाहको कानूनी दर्ता नगरेको खुलाएका छन् । गीताञ्जलीसँग प्रेम सम्बन्धपछि पति पत्नीको रुपमासँगै बस्दै आए पनि उनीहरुले कानूनी रुपमा विवाह दर्ता गरेका थिएनन् । जेठी पत्नीसँग सम्बन्ध विच्छेद नभएकै कारण आफुले गीताञ्जलीसँग विवाह दर्ता नगरेको बरिष्ट निर्माता ओझाले खुलाए ।

गीताञ्जलीको निधनपछि केही समय निर्माता छबि एक्लो भए । चलचित्र हिरोबाट रेखा थापालाई नायिकाको रुपमा निर्माता छबिराजले ल्याए । पहिलो फिल्मबाटै प्रेम सम्बन्ध बस्यो र यी दुईले विवाह गरेरसँगै बस्न थाले । तर आफु र रेखा थापाले पति विवाह दर्ता नगरेको बरिष्ट निर्माता छबिराजले बताए । एक दशक भन्दा लामो समयसँगै विसेर आपसी सहमतीमा छुटिएको आफ्नै कार्यालयमा वकिल बोलाएर बिगतमा सँगै बस्दै आए पनि अबदेखि छुट्टिएर अलग बस्ने र दाम्पत्य सम्बन्धबाट पनि आजैदेखि अलग रहने भन्दै एउटा कागजमा लेखाएर सही गरेर छुट्टिएको पनि छबिराजले बताए ।

चलचित्र लज्जा खेलेपछि छबिराज र शिल्पाबीच मायाँप्रेम बस्यो । त्यसपछि आफुहरु तीन वर्षसँगै बसेको छबिले बताए । साथीहरुले छबिराज र शिल्पालाई विवाह गराईदिए । विवाह गरेर पनि निर्माता छबिराज र अभिनेत्री शिल्पाले साँढे दुई वर्षसम्म कानूनी रुपमा विवाह दर्ता गरेनन् ।

अन्तत ः गत पुष १२ गत आफ्नो वडा कार्यालयमा गएर छबिराज र शिल्पाले पति पत्नीको रुपमा विवाह दर्ता गरे । अझ रमाईला कुरा के भने काठमाडौं महानगरपालिक वडा नं। १३ बिराटनगर बस्दै आएका छबिराजले काठमाडौंमा बसाई सराई पनि गरेका छैनन् । तर शिल्पासँगको विवाह दर्ता उनले काठमाडौं महानगरपालिका वडा नंं ८ को वडा कार्यालयमा गराएका छन् ।

यसरी बिराटनगर जानुको सट्ट काठमाडौंमै शिल्पासँग कानूनी रुपमा विवाह दर्ता गर्नुको कारणबारे छबिराजले भने,‘ जेठी श्रीमती २० वर्षभन्दा लामो समयदेखि बिराटनगर बस्दै आएको र म एक्लै काठमाडौंमा बसेको छु । म ब्लड प्रेसर र सुगरको समस्याले ग्रस्त भएका कारण शिल्पाले जीनभर साथ दिन्छु भनेर निकै फोर्स गरिन् । शिल्पाका माता, पिता र आफन्तबाट पनि विवाह दर्ताको दवाव आएपछि एक किसिमले बाध्य भएर मैले विवाह दर्ता गरेको हुँ ।’ यसरी २०७५ पुष १२ गते आफुहरुले वडा नंं ८ को वडा कार्यालयमा विवाह दर्ता गरेको पनि निर्माता ओझाले खुलासा गरे ।

पहिलो पत्नी हेमासँग आफ्नो कानूनी रुपमा सम्बन्ध बिच्छेद नभएको पनि छबिले ब्युटी न्युज नेपाललाई खुलाए । पहिलो पत्नी हेमा बिराटनगरमा बस्ने भएकाले उनीसँग निकै कम भेटघाट हुने गरेको पनि निर्माता छबिराजले प्रस्ट पारे । बुढेसकालमा आफु एक्लो भएको र बिरामी पर्दा पानी समेत पिउन दिने व्यक्ति समेत कोही नभएको बेला शिल्पाले साथ दिन्छु भन्दा निकै खुसी लागेकोपनि निर्माता ओझाले बताए ।

पत्नीको रुपमा आफु हुँदा हुँदै आफ्नो पतिले दोश्रो विवाह गरेको कुनै पनि नारीलाई साह्य हुँदैन । यस अघिका दुई पत्नी गीताञ्जली र रेखासँग कानूनी रुपमा विवाह गरेको कुनै आधार नपाएकै कारण हेमाले उनीहरु विरुद्ध बहु विवाहको उजुरी नहालेको आफ्ना वकिल स्वागत नेपाललाई बताएकी छिन् । तर छबिराज र शिल्पाबीच पति पत्नीको रुपमा १२ पुषमा विवाह दर्ता भएको कागजको प्रतिलिपि दुई दिन अघिमात्र आफुले पाएपछि आफ्नो अधिकारको लागि प्रहरी बृत्त गौशलामा छबिराज ओझा र शिल्पा पोखरेर बिरुद्ध वहुविवाहको उजुरी हालेको हेमाले सो क्रममा खुलाएकी छिन् ।

यसरी महानगरीय प्रहरी बृत्तले पनि यो मुद्दालाई अनुसन्धानको लागि सोमबार दिउँसो महानगरीय महिला प्रहरी शेल साखा कालिमाटीमा पठाएको छ । अब यो उजुरीमाथि महिला प्रहरी शेलले विशेष छानविन सुरु गर्ने भएको छ ।

यता शिल्पाका एक निकटतम साथीका अनुसार बहुविवाहको मुद्दामा प्रहरी हिरासतसँगै एक देखि पाँच वर्षसम्म जेल जानु पर्ने भएपछि यो प्रकरणलाई मिलाउन शिल्पाले वकिलहरुसँग परामर्श गर्दैछिन् । अहिलेको बहुविवाह मुद्धाका कारण शिल्पाले छबिराज बिरुद्ध दायर गरेको सम्बन्ध बिच्छेद, अँशबण्डा मागदावी र माना चामलमाग सम्बन्धि मुद्दा पनि निस्कृय हुने भएको छ ।