जेठी पत्नी हेमाले छबिराज र शिल्पा बिरुद्ध हालिन बहुविवाहको मुद्दा


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ साउन

बरिष्ट चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलले बहु विवाह गरेको भन्दै निर्माता छबिराजकी ५३ वर्षीया जेठी श्रीमती हेमा ओझाले प्रहरीमा जाहेरी दिएकी छिन् । हेमाले अभिवक्ता स्वागत नेपालको साथ लिएर आइतबार दिउँसो महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको उजुरी दिएकी छिन् । सो उजुरीको जिम्मा अब सरकारी वकिलले लिनेछन् ।

जेठी पत्नी हेमाका दुई सन्तान (राजिव ओझा र महेश ओझा) छन् । राजिव नेपालमा र महेश बिदेशमा छन् । यसरी आफ्नो पति छबिराज ओझा र अभिनेत्री शिल्पा पोखरेललाई बिपक्षी बनाएर आलिएको जाहेरीमा हेमाले यस्तो लेखेकी छिन्,‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरो श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा मैले श्रीमान् ओझासँग सोध्दा के छ तिमीसँग हामीले विवाह गरेको प्रमाण भनेर प्रतिप्रश्न गर्दा मैले प्रमाण पनि भेटिनँ । बिहे दर्ता कहीँ कतै भएको रहेनछ ।’

हेमाले लेखेकी छिन्,‘२०७५ साल पुष ११ गते निज विपक्षीहरु (छविराज ओझा र शिल्पा पोखरेल) ले गरेको विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपी फेला परेपछि निजहरुले बहुविवाह गरेको प्रमाणित भएकाले निज मेरो विपक्षी श्रीमान् छविराज ओझाले घरमा म श्रीमती हुँदा हुँदै छोरी भन्न सुहाउने शिल्पा पोखरेलसँग बहुविवाह गरेको हुँदा म यो जाहेरी लिई उपस्थित भएकी हुँ’, हेमाले जाहेरीमा छविराज र शिल्पालाई यस्तो कारवाहीको माग गरेकी छिन्,‘निज मेरो विपक्षी पति छविराज ओझा र निज शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजिम यथासक्य चाँडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम हदैसम्मको सजाय गरिपाऊँ ।’

यसरी हेमाले आईतबार दिएको उजुरीले सोमबारबाट कार्यन्वयनको रुपमा लिने छ । त्यसपछि बरिष्ट निर्माता छबिराज ओझा र अभिनेत्री शिल्पा पोखरेललाई प्रहरीले पक्राउ गरेर आबस्यक कारवाही अघि बढाउने छ ।

अहिलेको कानूनमा बहुविवाह गरेको ठहर भएमा एकदेखि तीन वर्षसम्म जेल सजाय हुनसक्ने उल्लेख गरिएको छ । नयाँ कानुनमा श्रीमतीसँग पारपाचुके नभई दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान राखिएको छ । त्यसैले अब छविराज ओझा र शिल्पा पोखरेलबीचको विवाह खारेज हुने सँभावना बढेको छ ।

गत साता आईतबार मात्र आफनो नयाँ पति छविराज ओझाबिरुद्ध पारपाचुके सहित अँश र मानोचामलको माग गर्दै शिल्पाले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिईन । यही ८ साउनमा छबिबिरुद्धको शिल्पाको मुद्धाको पहिलो पेसी थियो । तर अब शिल्पाको छबिसँगको विवाह रद्ध हुने स्थिति देखिएको छ भने छबि र शिल्पालाई केही समय जेलको सजाय पनि हुन सक्ने ब्युटी न्युज नेपालका कानूनी सल्लाहकारले बताएका छन् ।

उक्त कानुनले बहुविवाह गरेको ठहर भएका व्यक्ति सरकारी जागिरका लागि अयोग्य हुने पनि स्पष्ट रुपमा उल्लेख गरेको छ । दोस्रो विवाह गरेको थाहा भएको तीन महिनाभित्र उजुरी गर्नुपर्ने भन्ने पनि स्पष्ट रुपमा उल्लेख गरिएको छ ।