ब्युटी न्युज नेपाल
काठमाडौं, ४ साउन
ब्युटिसियनहरुबीच एक दिवसीय बनभोज कार्यक्रममा आयोजना गरिएको रोज ब्युटिसियन पिकनिक क्वीन–२०१९ को उपाधि नृत्य कलाकार एवम् व्युटिसियन उषा लामाले जितेकी छिन् ।

रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले ६० जना भन्दा बढी व्युटिसियन प्रशिक्षार्थीहरुबीच शनिबार काठमाडौंको चौभारमा बनभोज तथा रोज ब्युटिसियन पिकनिक क्वीन–२०१९ आयोजना गर्यो। सोही प्रतियोगितामा सवैभन्दा उत्कृष्ट ५ ओटा एकल नृत्य पस्केर उषाले शिर्ष उपाधि जितिन् ।

सो प्रतियोगितामा फस्ट रनरअपको उपाधि ब्युटिसियन अनिषा तामाङले र सेकेन्ड रनरअपको उपाधि ब्युटिसियन न्यान्सी राईले जिते ।
रोज व्युटी पार्लरकी अध्यक्ष एवं बरिष्ट ब्युटिसियन सोनी कारञ्जित र रोज सिप विकाश तामिल केन्द्रकी प्रबन्ध निर्देशत तथा कस्मेटिक साईन्समा पहिलो स्नातक गर्दै गरेकी नेपाली विधार्थी परिसी कारञ्जितले बिजेताहरुलाई क्राउन तथा स्यासे लगाईदिए ।

दिनभर चलेको सो प्रतियोगिता तथा बनभोज कार्यक्रममा १५ जना व्युटिसियनहरुले उत्कृष्ट नृत्य, गायन, अभिनय, क्यारिकेचरमार्फ विभिन्न पुरस्कार प्राप्त गरे । यसरी पुरस्कार प्राप्त गर्ने १५ ब्युटिसियनमा मिना तामाङ, मिसन श्रेष्ठ, प्रिती राई, काजल शर्मा, सोनिका बलामाी, सुरती बिक, रुपा गिरी, अनिता बलामी, सपना तामाङ, मिना माझी, रस्मिका मानन्धर, गँगा श्रेष्ठ, रोजिना चपागाईं, निर्मला सिंह र आर्या नकर्मी थिए ।

यो प्रतियोगिताको निर्णायकमा कस्मेटिक व्यबसायी संघका अध्यक्ष लक्ष्मीप्रसाल पौडेल(रंजित), बरिष्ट व्युटिसियन सुमी रंजित, आयोजक संस्थाकी अध्यक्ष एवम् बरिष्ट व्युटिसियन सोनी कारञ्जित, बरिष्ट ब्युटिसियनहरु गीता राई, प्रमिला कटुवाल, निशा श्रेष्ठलगायत थिए ।

ब्युटिसियनहरुलाई प्रोत्साहन गर्न बनभोजमा एक दीवसीय रोज ब्युटिसियन पिकनिक क्वीन–२०१९ प्रतियोगिता आयोजना गरिएको रोज सिप बिकास तालिम केन्द्रकी अध्यक्ष सोनी कारञ्जितले बताईन् ।
बरिष्ट व्युटिसियन सुमी रंजितले यस्तो कार्यक्रमले व्युटिसियनहरुलाई अझ नयाँ काममा प्रेरित बनाउने विश्वास व्यक्त गरिन् ।

कस्मेटिक व्यबसायी संघका अध्यक्ष लक्ष्मीप्रसाल पौडेलले रोजको यस्तो प्रकारको प्रतियोगिता नविन अरु भन्दा फरक भएको बताए । उनले कस्मेटिक क्षेत्रमा सक्कली उत्पादन मात्र प्रयोग गर्न ब्युटिसियनहरुलाई साल्लाह दिए ।

रोज सिप विकाश तामिल केन्द्रकी प्रबन्ध निर्देशत तथा कस्मेटिक साईन्स स्नातककी नेपाली विधार्थी परिसी कारञ्जितले आफ्नी मम्मी सोनी कारञ्जितको सहयोगमा अब भारता पढाई सकेर नेपाल आई अन्तराष्ट्रिय स्तरको कस्मेटिक उत्पादन नेपालबाटै गर्ने प्रतिबद्धता जनाईन् । पिकनिकमा सहभागीहरु दिनभार खानपिनसँगै प्रतियोगितामा व्यस्त रहे ।