ब्युटी न्युज नेपाल
काठमाडौं, २ साउन

गायिका स्मिता दाहालले आफ्नो स्वरमा रहेको नयाँ गीत ’जालैमा पार्छु….’ को भिडियो रिलिज गरेकी छिन् । सार्वजनिक गीतलाई गायिका स्मिता र गायक आशिष अविरलले गायका हुन् । शब्द एकनारायण भण्डारीको रहेको छ । गीतलाईआशिषले नै सँगीत गरेका हुन् ।

यो गीतको भिडियोमा आँचल शर्मा र विजु पार्कीसंगै स्मिताले पनि अभिनय गरेका छन् । गीत सार्वजनिक कार्यक्रममा खानेपानी मन्त्री विना मगरले मन्तव्य राख्दै सफलताको शुभकामना दिइन् । नातामा स्मिताको माइजु पर्ने मन्त्री मगरले आफ्नो परिवारबाट छुटै पथमा लागेकी भन्दै उनलाई शुभकामना दिईन् ,‘हाम्रो परिवारको सबै राजनीतिमै छौ तर उनले छुटै बाटो रोजेकी छिन्’ उनले भनिन् ’उनले निकै मेहनत गरिरहेकी छिन् र उनलाई सफलता मिल्नेमा दुइमत छैन ।’ उनले गीत हेरिसकेपछि राम्रो लागेको प्रतिक्रिया दिइन ।

यसैगरी भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पनि स्मिताले विस्तारै सफलता हासिल गर्दै गएको बताइन । नातामा बहिनीको छोरी पर्ने स्मिताको आवाज सानै बाट नोटिस गरेको उनले बताइन ।

कार्यक्रमका अतिथि एबम् गायक रामकृष्ण ढकालले गीत गाउने इच्छा जाहेर गरे । ’स्मिताले आफ्नो प्रतिभाविस्तारै देखाउदैछिन् र मलाइपनिउनिसंगै गीतगाउने इच्छा छ’ उनले भने । उनले स्मिताले मोडलीङ पनि राम्रो गरेको भन्दै प्रसंसा गरे । यसैगरी अभिनेता जितु नेपालले गायकीमा अगाडी बढ्ने विश्वास व्यक्त गरे । यसरी माया र हौसला पाएकी स्मिताले आफु सिक्ने क्रममा रहेको बताइन । ’मसिक्दैछु र आफुलाई थप परिपक्क बनाउने कोसिस गर्दैछु’ उनले भनिन् ’यस गीतलाई मेरो अघिल्ला गीतको तुलनामा केहि फरक बनाउने कोसिस गरेको छु ।’

गीत तयार हुन् झन्डै एक वर्ष समय लागेको बताउने स्मिताले आगामी दिनमा सबै किसिमको गीतसंगीत मार्फत चिनिन चाहेको बताइन । गीत एल्बममा संग्रहित हुनेछ भने दोस्रो गीत सार्वजनिक गर्दा एल्बमको जानकारी दिईने बताइयो । गीतलाई प्रविन स्वारले कोरियोग्राफ तथा निर्देशन गरेका हुन् । गीतलाई गृष्मा ब्रोडकास्टिङले तयार पारेको हो । गृष्मा प्रमुख गृहेन्द्र घिमिरेले स्मिताको पहिलो गीतबाट सुरुवात गरेको र उनको अन्यगीतलाई पनि छिटै सार्वजनिकगर्ने बताए ।

’हामीले विभिन्नकार्य गर्दैछौ त्यसैको सुरुवातहो’ उनले भने । गृष्मा ब्रोडकास्टिङले ‘सप्तरंग’को दोस्रो सिजनका छिटै गर्दैछ । पहिलो सिजन सातै प्रदेशमा शान्ति र सद्भावकालागि सात प्रदेशमा कार्यक्रमआयोजना गरेको गृष्माले दोस्रो सिजन पर्यटन प्रवर्धन र समुन्नतिको अभियानका रुपमा संचालन गर्नेछ ।