नेपाली कलाकारको बुढयौली फोटो : फेस एप घातक


ब्युटी न्युज नेपाल
काठमाडौं, २ साउन

रुसले प्रयोगमा ल्यएको ‘फेस एप’ अहिले चर्चामा छ । यो एप्स आएपछि विश्वभरका नागरिकहरुले धमाधम यो एप्स डाउनलोड गरेर आफ्नो तस्बिरहरु तन्नेरी देखि बुढो उमेरसम्मको देखिने फोटो राख्ने होड चलेको छ । हलिउड बलिउड नेपाली नेपाली कलाकारहरुले समेत यो एप्स मार्फत फोटो हालेका छन् ।

यो एप्स मार्फत रुसले विश्वका नागरिकहरुका निजी सूचना राख्ने भएकाले अमेरिका, चिन जस्ता मुलुकले आफ्ना नागरिकलाई यो एप्स प्रयोग नगर्न सुझाब दिईसकेको छ । सुरक्षा निकायमा बसेकाहरुले यो एप्स प्रयोग गर्दै नगर्नु भनेर अन्य मुलुकको सरकारले पनि भनेको छ । यो एप्स मार्फत प्रयोग कर्ताको मोवाईलमा भएको फोटो देखि सबै डाटा यो एप्सले लिन सक्ने आईटी बिज्ञहरुले बताएका छन् ।

नेपालमा जो कोहीले यो एप्सको माध्यमबाट अहिले फेसबुक, ट्विटर देखि इन्टाग्रामसम्म आफ्नो बुढ्यौली फोटो बनाएर राखेका छन् ।

यसै क्रममा नेपाली कलाकारहरुले पनि यो एप्स प्रयोग गरेर आफ्नो तस्बिरलाई बुढ्यौली बनाएर राखेका छन् । छक्का पञ्जा टिमका हास्य अभिनेता दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे सहित मनोज गजुरेल लगायत थुप्रै कलाकारहरुले यो एप्स मार्फत आफ्ना बुढ्यौली देखिन तस्बिर फेसबुकमा अपलोड गरेका छन् । एप्सले बनाएको तस्बिरमा उनीहरुको बुढयौली रुप यस्तो देखिएको छ ।