ब्युटी न्युज नेपाल
काठमाडौं, १ साउन

यो वर्षको नेपाली महिलाहरुको महान चार्ड तीज निजिकिने क्रममा छ । त्यसैले अहिले देखि नै तीज सम्बन्धि गीतहरु सार्वजनिक हुने क्रम सुरु भईसकेको छ । यसै क्रममा संगीतकार तथा गायिका रेखा पौडेलको तीज कोशेली ‘बरिलै तीजमा…’को भिडियो सार्वजनिक गरिएको छ ।

गोविन्दप्रसाद उपाध्यायको शब्द रहेको यो तीजगीतमा कृष्ण बिकको एरेञ्ज र श्याम श्वेत रसाईलीको मिक्सिङ रहेको छ । ‘तीजमा मौलिक तीज गीत स्रोता–दर्शकमाझ हामीले पस्किएका छौ सबैले मन पराइदिनेमा आशावादी छौ’, गायिका तथा सङ्गीतकार रेखाले भनिन् । गीत जस्तो भिडियो पनि राम्रो बनेको उनले बताईन् ।

यो गीतको भिडियो मंगलबार युट्युवबाट सार्वजनिक गरिएको हो । रेखाको ‘बरिलै तीजमा…’ मा गायिका तथा अभिनेत्री सारिका घिमिरेले आकर्षक नृत्य गरेकी छिन् । यो भिडियोमा सारिकासँगै रेखा र अन्य कलारको पनि आकर्षक नृत्य रहेको छ । विदुर सिवाकोटी नृत्य निर्देशन रहेको गीतको भिडियोलाई शिव पंगेनी र समूहले छायाँकन गरेको हो । भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।