सानो मनको मनछुने गीत कस्तो मायाँ… 


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ असार

शुक्रबारबाट मुलुकका ७३ ओटा सिनेमा हलमा प्रदर्शनमा आएको चलचित्र ‘सानो मन’को स्याड भर्सन गीतको भिडियो ‘कस्तो माया…?’ युट्युव मार्फत दर्शकमाझ आएको छ ।

यो गीतलाई निर्माण संस्थाको अफिसियल च्याटल हाईटेक इन्टरट्रेनमेन्टबाट रिलिज गरिएको हो । गीतमा निकिता थापाको एकल गायन छ । यो गीतमा सुयोग सोताङको शब्द र संगीत रहेको छ ।

चलचित्र सानो मनमा गायिकाको भूमिका निभाएकी अभिनेत्री शिल्पा मास्केले यो गीत गाएको भिडियोमा देख्न पाईन्छ । यो भिडियोमा अभिनेत्री शिल्पाले अभिनेता आयुष्मान देशराज जोशीसँग विताएको पल सम्झिएर भावुक हुँदै उनी स्टेजमा आफ्नो प्रस्तुती दिँदै देखिएकी छन् । फिल्ममा यो गीत कथावाचनको रुपमा प्रयोग गरिएको छ ।

‘सानो मन’ ले दर्शकबाट निकै राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । फिल्म हेर्ने दर्शकले कलाकारको अभिनय र निर्देशकको कामको प्रशंसा गरेका छन् । निर्देशक सुयोग गुरुङ्गको कामलाई दर्शकले रुचाएका छन् । आयुष्मानको पनि अहिलेसम्मकै उत्कृष्ट अभिनय यो फिल्ममा रहेको छ ।

आयुष्मान र शिल्पासँगै यो चलचित्रमा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टसहितका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको छायांकन पक्ष प्रशंसनिय छ ।

साँगीतिक प्रेम कथामा आधारित यो चलचित्र पात्रको मनोविज्ञानका आरोह अबरोहमा आधारित छ । आयुष्मान र शिल्पाको प्रेमले दर्शकलाई अपनत्व महसुस गराउँछ । फिल्मका केही संवादहरु निकै मर्मस्पर्शी र सजिलै जिब्रोमा झुण्डिने खालका छन् ।

ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यो फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् । आलोक शुक्लाको छायाँकन, सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन, समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन यसमा रहेको छ ।

 

https://www.youtube.com/watch?v=lEFO-TaYlr0