कात्तिक २९ मा माछा माछा, यस्तो छ फस्ट लुक्स


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ असार

नयाँ चलचित्र माछा माछा निर्माण भएको छ । यो चलचित्रको प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म २९ कात्तिकबाट रिलिज गरिने घोषणा निर्माण पक्षले गरेको छ ।

मंगलबार निर्माण पक्षले यो चलचित्रको फर्स्टलूक (पोस्टर) सार्वजनिक गर्दै रिलिज पनि फाइनल गरिदिएको छ । यो चलचित्रका लेखक निर्देशक सुनिल गुरुङ हुन् । उनका अनुसार तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा यो चलचित्र निर्माण गरिएको छ ।

चलचित्र माछा माछामा सौगात मल्ल, विजय बराल र अनोज पाण्डेको केन्द्रिय भूमिका रहेको छ । मँगलबार पोस्टर सार्वजनिक गरे पनि टिमले सिनेमाको कथाबस्तु र पात्रको बारेमा खुलाएको छैन । सार्वजनिक पोस्टरमा सौगात, विजय र अनोजको समुह र माओत्से गुरुङको समुह छुट्टिएको छ । पोस्टरमा अभिनेत्री नम्रता श्रेष्ठलाई पनि स्थान दिइएको छ ।

नेमामा उनको पनि प्रमुख भूमिका रहेको पोस्टरले संकेत गर्छ । माओत्सेको समुहले समातेको क्रिकेटको ब्याट, बल र स्टम्प दर्शकमा कौतुहलता सृजना गर्छ ।

सिनेमामा प्रवीण खतिवडा, पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, धुर्व कोइराला, बसन्त भट्ट लगायतका कलाकारको पनि अभिनय छ ।

सिनेमामा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठको छायाँकन र निर्देशक गुरुङको लेखन छ ।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा रामबाबु गुरुङ र दयाहाङ राईको लगानी छ ।

नेमाको सह निर्मातामा ओमचंद्र रौनियार र अर्जुन कार्की छन् । मणिराम पोखरेल यो फिल्मका कार्यकारी निर्माता हुने ।