सरोज खनालद्धारा नियोजित रुपमै ट्वाईलेटमा फोटो खिचिएको हो – बोर्ड


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० असार

अभिनेता सरोज खनालले राष्ट्रपति कार्यालयको सौचालयमा बसेर खिचेको फोटो र फेसबुक प्रतिक्रियाले अहिले चर्चा पाएको छ ।

चलचित्र बिकास बोर्डले असार २७ गते शुक्रबार राष्ट्रपति भवन सितल निवासमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण समारोहको बारेमा उनले यो फोटो खिचाएका हुन् ।

सो कार्यक्रमको बिरोधमा अभिनेत्री करिश्मा मान्धरले फेसबुक स्टाटस लेखिन् । राष्ट्रपति कार्यालयको सौचालयमा तस्बिर खिचेर त्यो तस्बिर सहित सरोज खनालले करिश्माको फेसबुकमा प्रतिक्रिया दिने क्रममा यस्तो लेखेका थिए,‘सम्मानित हुने र सम्मान गर्ने त सोफामा बसेका थिए । तर, प्रस्तुति दिने ३५ जनालाई ८ बाइ १० को कोठामा कोचेर राखे । म चाँहि टवाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खी बसे ।’ अभिनेता खनालले फेसबुकमा अगाडि लेखेका छन्,‘के गरुँ आफ्नै क्षेत्रको दुर्दशा दर्शकलाई देखाएर आफनै बेइज्जत हुन्छ र सेयर गरिन । तर, मनको बह कसैलाई कह भन्छन् त्यसैले आइ सेयर विथ यु ।’

सरोज खनाल जस्तो बरिष्ट कलाकारले किन राष्ट्रपति कार्यालयको सौचालयमा बसेर फोटो सेसन गरेर करिश्माको फेसबुक स्टाटसमा होला त ? यतीबेला यो कुरा धेरैलाई चासोको बिषय बनेको छ । यसबारे सोमबार चलचित्र विकाश बोर्डले प्रेस विज्ञप्ति जारी गरेर स्पष्ट समेत पारेका छ ।

कलाकार खनाल आफैंले नियोजित रुपमा टवाईलेटको कम्बोर्टमा बसेर अभिनेत्री छुल्ठिम गुरुङलाई मेरो नयाँ पोजको फोटो खिचिदिनु त भनेर यस्तो स्टाईलको फोटो सेसन गरेर हालेको बोर्डका एक सदस्यले ब्युटी न्युज नेपाललाई बताए ।

चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईले कार्यक्रममा समस्या परेको भए सरोज खनाल जस्तो बरिष्ट कलाकारले आफुहरुलाई बताउने कुरामा विश्वस्त थिए । तर फेसबुकमा एक्कासी यस्तो प्रकारको तस्बिर खिचाएर शेयर गर्दा उनी पनि छक्क परेका छन् । खनाल जस्ता बरिष्ट कलाकारबाट आफुहरुले यस्तो अपेक्षा नगरेको उनको प्रतिक्रिया छ । सो तस्बिरप्रति धेरैको ध्यान गएका कारण आफुहरुले बिज्ञप्तिमार्फत यो कुरा स्पष्ट पार्नु परेको अध्यक्ष भट्टराईले बताएका छन् ।

यो समाचारले सञ्चार माध्यममा समेत स्थान पाएपछि सोमबार साँझ चलचित्र विकाश बोर्डले यस्तो विज्ञप्ति जारी गरेको छ –

‘चलचित्रविकास बोर्डले यही २०७६ असार २७ गते शुक्रबार राष्ट्रपति भवन, शितल निवासमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण समारोहको बारेमा अभिनेता सरोज खनालको फोटो र फेसबुक प्रतिक्रियाबारे चलचित्र विकास बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । अभिनेता सरोज खनालले राष्ट्रपति कार्यालयको सभाहलमा कार्यक्रम प्रस्तुतगर्ने क्रममा त्यहाँ रहेको शौचालयमा बसेर व्यङ्ग्यात्मक शैलीमा फोटो सेशन गरेर सामाजिक सञ्जालमा पोष्ट गरी लेख्नु भएको स्टाटस र त्यसपछि विभिन्न सञ्चार माध्यममा आएको समाचार बारे बोर्ड निम्न कुरा प्रस्ट पार्दछ ।

१. राष्ट्रपति भवनको सभाहलसँगैको शौचालयमा बसेर गरिएको फोटो सेशन कार्य कुनै असुविधाकाकारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ ।

२. पुरस्कार समारोहमा सुरुमै १२ मिनेटको नृत्य प्रस्तुति गरिएको र नृत्य प्रस्तुत गर्नु भन्दा आधा घण्टा अघि तयारीकालागि कलाकारहरु मञ्चको विमुख कक्षसँगै विभिन्न स्थानमा बस्ने व्यवस्था मिलाइएको जानकारी गराउँदछौं । शौचालयमै बस्नु पर्ने गरी कुनै पनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्न चाहन्छ । साथै, कार्यक्रम अवधिभर कुनै पनिकलाकारले प्रतीक्षा कक्षमा बसिरहनु पर्ने बाध्यता नरहेको बोर्ड स्पष्ट पार्दछ । नृत्य सकिनासाथ सम्पूर्ण कलाकारलाई सभाहलमै बसेर कार्यक्रम हेर्ने व्यवस्था मिलाईएको र उहाँहरुले पनिहलमै बसेर कार्यक्रम हेरेको पनि बोर्ड स्पष्ट पार्दछ ।

३. कार्यक्रम सुरु हुनुअघि र पछि पनि नृत्य प्रस्तुतगर्ने सम्पूर्ण कलाकारहरुलाई कुनै असुविधानहोस् भनेर बोर्डकाअधिकृत तहका ४ जना कर्मचारी सहित १० जना कर्मचारी उहाँहरुको सेवामा रहेको र उहाँहरुलाई सोक्रममा खाजासँगै आवश्यकपिउने पानी समेत उपलब्ध गराएको स्पष्ट पार्दछ । सो क्रममाकर्मचारी पनि कलाकारहरुसँगै प्रतीक्षा कक्षमै थिए ।अभिनेता खनालले सो क्रममा आफूलाई असुविधा भयो भनेर तत्क्षण सँगै रहेको बोर्डका कर्मचारीलाई कुनैपनि गुनासो नगरेको बोर्ड स्पष्ट पार्दछ ।

४. राष्ट्रिय चलचित्र पुरस्कारको सम्पूर्ण कार्यक्रम चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको र राष्ट्रपति कार्यालयबाट कार्यक्रम हल एवम् समय मात्र उपलब्ध गराइएकाले त्यहाँभएका सबै कार्यको जिम्मेवारी बोर्डको रहेको जानकारी गराउँदछ । तसर्थ, यो विषयसित राष्ट्रपति कार्यालयको कुनै सम्बन्ध नरहेको सम्पूर्ण सञ्चार माध्यमलाई अनुरोध गर्दछ ।

५. सम्पूर्ण सुविधा उपलब्ध गराउँदा गराउँदै पनि भूलवश कलाकारहरुलाई कुनै कमी कमजोरी भएको भए बोर्ड क्षमा चाहन्छ । र, आगामी दिनमा पुरस्कार समारोहलाई अझ परिस्कृत गर्दै जाने प्रतिवद्धता जाहेर गर्दछ ।’