उदित नारायणले गाए नयाँ नेपाली गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० असार

लोकप्रिय गायक उदित नारायण झाको स्वरमा लामो समयपछि नेपाली गीत बजारमा आएको छ । उनले सत्याकृत ब्यण्ड को प्रस्तुतिमा प्रेममय गीत गाएका छन् । उनले यो निकै मिठास नेपाली सुुगम गीतमा कर्णप्रिय स्वर दिएका छन् ।
गायक झाले ‘श्री हजुर होशमा बेहोशि…’ बोलको गीतमा गाएका हुन् । विजय गौतमको शब्द तथा संगीत रहेको उक्त गीतमा संगीत संयोजन गोपाल रसाईलिको रहेको छ ।

गीत रेकर्डिङका क्रममा गायक झाले करियरमै सबैभन्दा मिठो गीत गाएको बताएका थिए । उनले मिठोसँगै गायनका लागि निकै चुनौतीपूर्ण रहेको यो गीत पशपतिनाथको कृपाले गाउन सहज भएको प्रतिक्रिया समेत दिएका थिए ।

यो गीतको गीतको रेकर्डिङ, मिक्सिङ, मास्टरीङ र म्युजिक भिडियो समेत सम्पूर्ण कार्य मुम्बईमै गरिएको हो । गीतको म्यूजिक भिडियो निर्देशन / सम्पादन पनि स्वयम् विजय गौतमले नै गरेका हुन् ।

सत्याकृत ब्याण्डको निर्माणमा बनेको उक्त भिडियो आत्मरञ्जन नामक युटुब च्यानलमा रिलिज गरिएको छ । गायक झाले गाएको गीत श्री हजुर नामको महिमामा आधारीत रहेको सत्याकृतले जनाएको छ ।

यसअघि पनि सत्याकृत ब्याण्डले भक्ति, प्रेम र सत्य भावका गीत संगीतहरु दर्शकसामू पस्किदै आईरहेको छ ।