चलचित्र ‘रातो गलबन्दी’ १७ साउनमा हलमा


ब्युटी न्युज नेपाल
काठमाडौं २९ असार

चलचित्र ‘रातो गलबन्दी’ को फस्र्ट लुक्स् पोस्टर रिलिज गरिएको छ । यही साउन १७ बाट प्रदर्शन हुने घोषणा सहित यो फिल्मको प्रचार थालिएको हो ।

समाजीक प्रेमकथामा निर्माण गरिएको फिल्म नवनिर्देशक अनिश थापाको निर्देशनमा बनेको हो । चलचित्रको सार्वजनीक पोस्टरमा मा केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङलाई स्थान दिईएको छ ।

आईतबार नै रिलिज गरिएको यो चलचित्रको शीर्ष गीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ । गोबिन्द राईले कोरियोग्राफी गरेको गीत लोकराज अधिकारीले लेखेका हुन भने संगीत सृजना बिनोद खुम्बुले गरेका हुन ।

हिमाल कडरिया र दुर्गा बस्नेत निर्माता रहेको यो चलचित्र मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको हो । फिल्मको स्क्रिप्ट किरण माइकलले लेखेका हुन् । हिमाल कडरियाको कथा रहेको फिल्मको सहनिर्माता बासुदेव घिमीरे,अमृता मगैराम र कृष्ण घिमीरे तथा प्रकाश दुलाल कार्यकारी निर्माता छन् ।

निर्देशक थापाले चलचित्र रातो गलबन्दी भरपुर मनोरञ्जनका साथै सामाजीक सन्देशयुक्त फिल्म भएको बताएका छन् ।