एकै समारोहमा तीन वर्षको राष्ट्रिय चलचित्र पुरस्कार प्रदान


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ असार

राष्ट्रपति विद्यादेवी भण्डारीबाट चलचित्रकर्मीहरु पुरस्कृत भएका छन् । चलचित्र विकाश बोर्डको १९औं वार्षिकोत्सवका अवसरमा शुक्रबारसाँझ परेर चलचित्र विकास बोर्डद्धारा राष्ट्रपति भवन सितल निवास महाराजगञ्जमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घ साधना सम्मान’ समारोहमा चलचित्रकर्मीहरु सम्मानित एवम् पुरस्कृत भएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट समारोहमा २०७३, ०७४ र ०७५ सालको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घ साधना सम्मान’ अर्पण गरियो ।

दीर्घ साधना सम्मानबाट सम्मानित हुनुहुने बरिष्ट चलचित्रकर्मीलाई जनही ३ लाख ५१ हजार १११ रुपैयाँ र हरेक विधामा पुरस्कृत हुने चलचित्रकर्मीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरियो ।

राष्ट्रिपति विधादेवी भण्डारीले कार्यक्रममा बोल्दै मौलिक नेपाली चलचित्र निर्माणका लागि जोड दिईन् । यस्तो सम्मान र पुरस्कारले कलाकारलाई प्रोत्साहन हुने विश्वास उनले व्यक्त गरिन् ।

सो पुरस्कार प्रदान समारोहमा वरिष्ठ चलचित्रकर्मी सुभद्रा अधिकारीलाई २०७३ सालको सम्मान तर्फ चलचित्र दीर्घ साधना सम्मान–२०७३ बाटसम्मानित गरियो । अधिकारीलाई ३ लाख ५१ हजार ११ रुपैयाँ सहित ताम्रपत्रबाट सम्मानित गरिएको हो ।

कार्यक्रममा २०७३ को उत्कृष्ट अभिनेताको पुरस्कार चलचित्र जात्राबाट अभिनेता बिपिन कार्कीलाई, उत्कृष्ट अभिनेत्रीको पुरस्कार चलचित्र डाईङ क्यान्डिलबाट अभिनेत्री अभिनेत्री सृजना सुब्बालाई, उत्कृष्ट चलचित्रको पुरस्कार शुन्य फिम्स् प्रा.लि.को चलचित्र कालो पाथीलाई र उत्कृष्ट निर्देशकको पुरस्कार चलचित्र सेतो सूर्यबाट दीपक रौनियारलाई प्रदान गरियो ।

यस्तै सो वर्षको उत्कृष्ट लेखनको पुरस्कार चलचित्र कालोपोथीबाटै मिनबहादुर भाम र अविनाश बिक्रम शाहलाई प्रदान गरियो । उत्कृष्ट छायाँकनको पुरस्कार चलचित्र लभ शाशाबाट शिबराम श्रेष्ठलाई, सम्पादनको पुरस्कार चलचित्र जात्राबाट मित्रदेव गुरुङलाई, उत्कृष्ट लोकप्रिय चलचित्रको पुरस्कारचलचित्र छक्का पञ्जालाई र आदिवासी जनजाति मातृभाषी चलचित्रतर्फ गुरुङ भाषाको चलचित्र क्यु प्ह्रो छे भेडी गोठालेलाई प्रदान गरियो ।

सोही समारोहमा २०७४ सालको राष्ट्रिय पुरस्कार र सम्मान अन्तर्गत वरिष्ठ चलचित्र निर्देशक किशोर रानालाई चार दशकदेखि निरन्तर योगदान पुर्याएको भन्दै नेपाली चलचित्र क्षेत्रमा २०७४ सालको चलचित्र दीर्घ साधना सम्मान प्रदान गरियो । रानालाई ३ लाख ५१ हजार ११ रुपैयाँ सहित ताम्रपत्रबाट सम्मानित गरिएको थियो ।

national filmaward winner- 2073

सो समारोहमा २०७४ को पुरस्कार अन्तर्गत उत्कृष्ट चलचित्रको पुरस्कार चाम्स इन्टरट्रेनमेन्ट प्रा.लि.को फिल्म ब्लाईन्ड रक्सलाई, उत्कृष्ट निर्देशकको अवार्ड पनि ब्लाईन्ड रक्सबाट मिलन चाम्लिङ राईलाई, उत्कृष्ट अभिनेताको पुरस्कार चलचित्र मँगलमबाट अभिनेता पुष्पबहादुर खड्कालाई, उत्कृष्ट अभिनेत्रीको पुरस्कार चलचित्र ब्लाईन्ड रक्सबाट अभिनेत्री बेनिशा हमाललाई प्रदान गरियो ।

२०७४ सालकै उत्कृष्ट लेखनको पुरस्कार चलचित्र धनपतिबाट खगेन्द्र लामिछानेलाई, उत्कृष्ट छायाँकनको पुरस्कार चलचित्र कृबाट पुरुषोत्तम प्रधानलाई, सम्पादनको पुरस्कार चलचित्र मँगलमबाट मित्रदेव गुरुङलाई, प्रदान गरियो । यस्तै उल्लेखनीय अभिनय रष्ट्रिय चलचित्र पुरस्कार– महिलाबाट चलचित्र मँगलम्की अभिनेत्री मिथिला शर्मालाई र पुरुष कलाकार तर्फ चलचित्र शत्रुगतेबाट रमेशरञ्जन झालाई प्रदान गरियो । आदिवासी जनजाति मातृभाषी चलचित्रतर्फ शेर्पा भाषाको फिल्म टिन्छेन फामाका लागि कुँगा शेर्पालाई प्रदान गरियो ।

नेपाली चलचित्र क्षेत्रमा चार दशकदेखि निरन्तर योगदान पुर्याएको भन्दै वरिष्ठ चलचित्रकर्मी तुलसी घिमिरेलाई समारोहमा ३ लाख ५१ हजार १११ रुपैयाँ सहित २०७५ सालको चलचित्र दीर्घ साधना सम्मान, २०७५ सम्मानित गरियो । यस्तै २०७५ को उत्कृष्ट अभिनेताको पुरस्कार चलचित्र प्रसादबाट बिपिन कार्कीलाई, उत्कृष्ट अभिनेत्रीको पुरस्कार चलचित्र बुलबुलबाट अभिनेत्री स्वस्तिमा खड्कालाई, उत्कृष्ट चलचित्रको पुरस्कार आरोही इन्टरट्रेनमेन्टको फिल्म गोपीलाई र उत्कृष्ट निर्देशकको पुरस्कार चलचित्र बुलबुलबाट बिनोद पौडेललाई प्रदान गरियो ।

२०७५ सालकै उत्कृष्ट छायाँकनको पुरस्कार चलचित्र समर लभबाट सञ्जय लामालाई, सम्पादनको पुरस्कार चलचित्र साँईलीबाट निमेश श्रेष्ठलाई, उत्कृष्ट लेखनको पुरस्कार चलचित्र गोपिबाट दीपेन्द्र लामा र सामिप्यराज तिमल्सिनालाई, प्रदान गरियो । जोरी प्रोत्साहन सम्मान चलचित्र भोरकी कलाकार पूजा कर्ण र चलचित्रको व्यापार विस्तार तथा प्रवद्र्धन पुरस्कार चलचित्र छक्का पञ्जा ३ बाट आमा सरस्वती मूभिजकी दीपाश्री निरौलालाई प्रदान गरियो । आदिवासी जनजाति मातृभाषी चलचित्र चलचित्र गुरुङ भाषाको फिल्म रिजे नासाँका लागि प्रतिम गुरुङलाई प्रदान गरियो । २०७५ सालका पुरस्कार निर्णायकहरुमा बरिष्ट चलचित्रकर्मी नीर शाह, चलचित्र निर्देशक कलाकार दिनेश डिसी, अभिनेत्री गौरी मल्ल, पत्रकार धु्रब लम्साल र प्राध्यापक केशब सुवेदी थिए ।

national-film-award-2074 winner

नेपाली चलचित्रको विभिन्न कालखण्डका उत्कृष्ट गीतहरुमा आधारित रहेर तयार पारिएको नृत्यलाई नेपाली चलचित्रका विभिन्न कलाकारले सो कार्यक्रममा प्रस्तुति गरे । वरिष्ठ नृत्य निर्देशकहरु बसन्त श्रेष्ठ, राजु शाह, कमल राई, गोविन्त प्रभात, कविराज गहतराज, दिपेन्द्र तिमल्सिनाले सो नृत्यको निर्देशन गरेका थिए ।

चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईले छोटो समयमा आफ्नो टिमले अवार्ड गर्न सफल भएको बताए । उनले बिगतमा रोकिएका कारण तीन वर्षको राष्ट्रिय चलचित्र पुरस्कार एकसाथ प्रदान गर्नु परेको हो भने ।

सो समारोहमा सबैलाई स्वागत गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाली चलचित्र क्षेत्रको प्रोत्साहनका लागि राष्ट्रिय चलचित्र पुरस्कारको आयोजना गर्दै आएको बताए ।