ग्लामर गायिका लक्ष्मीको ‘फुङ्गालेर माइती देश’ 


ब्युटी न्युज नेपाल

काठमाडौं, २६ असार

यो वर्षको हिन्दू महिलाहरुको तीज पर्व आउँन अब एक महिना बाँकी छ । तीजलाई लक्षित गरेर यो वर्ष तीजको गीत निकाल्ने क्रम बढेको छ ।

यसैक्रममा गायिका लक्ष्मी आचार्यले पनि नयाँ गीत गाएर भिडियो ल्याएकी छिन् । प्रत्येक बर्ष फरक फरक तीज गीत सार्वजनिक गर्दै आएकी गायिका लक्ष्मीले यो बर्ष ‘फुङ्गालेर माइती देश…’ तीज गीत गाएर यसको भिडियो रिलिज गरेकी छिन् ।

बिष्णु न्यौपानेको शब्द संगीत रहेको गीतको भिडियो पनि उनले आकर्षक बनाएकी छिन् । भिडियोमा थुप्रै कोरस प्रयोग गरिएको छ । भिडियोमा गायिका आचार्यकै अभिनय देख्न सकिन्छ ।

यो गीतको भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् । करण चैसिरको छायाँकन, प्रविन भट्टको सम्पादन यसमा रहेको छ । पुरानो शैलीको गाउँको घरको लोकेसनमा खिचिएको भिडियोले गीतलाई सिगार्ने काम गरेको छ ।

लोक शैलीमा तयार गरिएको गीतमा उनले घरको काम काज र तीजमा महिलालाई हुने उत्साहका बिषय गीतमा समेटेकी छन् । गीतलाई भिडियोले अझ प्रभावशाली बनाएको छ ।