राष्ट्रिय चलचित्र पुरस्कारमा बिजेतालाई जनही २५ हजार


ब्युटी न्युज नेपाल
काठमाडौं २३ असार

तीन वर्षदेखि रोकिएको चलचित्र विकाश बोर्डको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ अब हुने भएको छ । बोर्डले आफ्नो १९ औं वार्षिक उत्सबको अबसर पारेर २७ असारमा राष्ट्रपति भवन, सितल निवासमा एक समारोहबीच यो पुरस्कार आयोजना गर्ने भएको छ । राष्ट्रपति विधादेवी भण्डारीको हातबाट प्रदान हुने यो पुरस्कारमा यो यसपटक सम्मानपत्र र अवार्डसँगै नगद पुरस्कारको पनि व्यबस्था गरिएको छ ।

सो पुरस्कार समारोह भव्य रुपमा आयोजनाको लागि विभिन्न तयारी भईरहेको छ । हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र चलचित्र पुरस्कार समारोह विविध कारणले २०७३, २०७४ र ०७५ मा हुन सकेको थिए । यसपटक २०७३, ०७४ र ०७५ सालकै पुरस्कार प्रदान गरिने र पुरस्कारबाट पुस्कृतिहरुलाई प्रति विधामा जनही २५ हजार रुपैयाँ समेत प्रदान गरिने चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईले जानकारी गराए । समारोहमा दीर्घ साधना सम्मान पनि प्रदान गरिने भएको छ ।

पुरस्कारमा नगद पनि दिईने प्रचलन रहेकाले पुरस्कृतलाई उहाँहरुको सम्मानका खातिर हरेक बिधामा २५ हजार रुपैयाँ प्रदान गरिने निर्णय भएको बोर्ड अध्यक्ष भट्टराईले बताए ।

अर्को वर्षबाट यो पुरस्कारको राशी बढाएर प्रतिविधा ५१ हजार रुपैयाँ प्रदान गरिने निर्णय पनि चलचित्र विकाश बोर्डको बैठकबाट भएको छ ।

यस्तै चलचित्र विकाश बोर्डले आफ्नो १९ औं वार्षिक उत्सबको अबसर पारेर १६ असारमा नेपाली चलचित्र क्षेत्रमा विभिन्न फरक विधामा १५ जना बिशिष्ट चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी विशिष्ट योगदान सम्मान–२०७६’बाट सम्मानित गरेको थियो । सोही समारोहमा चार ओटा सिनेमा हल र एउटा सञ्चारसंस्था पनि विशिष्ट योगदान सम्मानबाट सम्मानित भएको थियो । विशिष्ट सम्माबाट सम्मानित सबै व्यक्ति र संघ संस्थालाई सम्मान स्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गरिने निर्णय चलचित्र विकाश बोर्डले गरेको छ ।

यता राष्ट्रिय चलचित्र पुरस्कार समारोहलाई चलचित्रमय बनाउन अग्रज देखि नयाँपुस्तासम्मका विभिन्न नायक नायिकाहरुले करिब १२ मिनटको नृत्य प्रस्तुत गर्नेछन् । एक साता यताबाट दैनिक नृत्य अभ्यास भईरहेको छ । पहिलो चलचित्र आमादेखि अहिलेसम्मका चलचित्रका चर्चित एवम् कालजायी गीतमा कलाकारहरुले पुरस्कार समारोहमा नृत्य प्रस्तुत हुनेछ ।

यस पटक पुरस्कार समारोहमा नृत्य प्रस्तुत गर्नका लागि अग्रज अभिनेता अभिनेत्री सरोज खनाल, गौरी मल्ल, सनी रौनियार, रमेश उप्रेती, दिपिल रायमाझी, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेती, नृत्य प्रशिक्षणमा व्यस्त छन् ।

यस्तै अहिलेका अभिनेता अभिनेत्रीहरु केदार घिमिरे, पुष्प खडका, निता ढुँगाना, पवित्रा आचार्य, यशराज गराच, बिमला केसी, छुल्ठिम गुरुङ, जयकिशन बस्नेत, एलिना रायमाझीलगायत विभिन्न कलाकारहरु पनि नृत्य अभ्यासमा व्यस्त छन् । नृत्य निर्देशकहरु बसन्त श्रेष्ठ, राजु शाह र कविराज गहतराजले अहिले विभिन्न गीतमा नृत्य प्रशिक्षण गराईरहेका छन् ।

तस्बिर ः प्रदीप कंडेल