ब्युटी न्युज नेपाल
काठमाडौं, २३ असार

कबड्डी र कबड्डी कबड्डीको सफलतापछि तेश्रो सृँखला कबड्डी कबड्डी कबड्डी निर्माण गरिएको छ । यो फिल्म अब आगामी १३ भदौमा रिलिजको घोषणा गरिएको छ ।

कबड्डीको तेश्रो सृँखलाको रुपमा निर्माण गरिएको यो फिल्मको आईतबार टिजर रिलिज गरिएको छ । फिल्म प्रदर्शनका लागि ५२ दिन समय बाँकी भएकाले ‘कबड्डी कबड्डी कबड्डी’को टिजर निर्माण पक्षले आईतबार रिलिज गरेको हो ।
‘कबड्डी कबड्डी कबड्डी’को टिजर अनुसार आफ्नो पूर्व प्रेमिका रिस्मा गुरुङ (मैया)को यादमा तड्पिएका अभिनेता दयाहाङ गाउँमा नयाँ युवतीको प्रवेशपछि ती युवतीको प्रेममा परेका छन् ।

यो चलचित्रमा नव अभिनेत्री उपसना सिंह ठकुरी यो फिल्म दयाहाङको प्रेमिकाको रुपमा रहेका छन् । अनमोलसँग फिल्म क्याप्टेनमा नायिका बनेकी उपसनाको यो दोश्रो फिल्म हो । टिजरमा गाउँ पसेकी युवती उपासनाको दुबै हात बाँधेर दयाहाङले कतै लगेको दृष्य यसमा छ । उनीहरुको साथमा बिजय बराल छन् ।

फिल्म्लाई मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले निर्माण गरेका हुन् । यो चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन बिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि.बि गुरुङ, राजेन्द्र थापालगायतको अभिनय छ ।

रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्मको छायाँकन अझै जारी छ । फिल्मको छायाँकन अझै केही बाँकी छ । तर निर्माण पक्ष अहिले सम्पादनमा व्यस्त छ । रिलिजको समय नजिकिएका कारण निर्माण पक्षले टिजर मार्फत प्रचार सुरु गरेको हो ।