त्रिशुली किनारमा दिवस र रितुको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ असार

आगामी असोजमा रिलिज गर्ने भनिएको चलचित्र ‘यो माया कस्तो माया’को एउटा गीतको भिडियो काठमाडौंमा शनिबार एक समारोहबीच सार्वजनिक गरिएको छ ।

किशान पोखरेलको निर्देशनमा तयार यो चलचित्रको हुन्न है…’ गीतको भिडियो सार्वजनीक गरिएको हो । चलचित्रका अभिनेता दिवस धिताल र अभिनेत्री रितु पौडेलको कोरससँग नृत्य यो गीतको भिडियोमा देख्न पाईन्छ । त्रिशुली नदिको किनारमा खिचिएको यो भिडियोमा दिवस र रितुको प्रेम देख्न पाईन्छ ।

चलचित्रको सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, शिवानी मोक्तान तथा उद्धिपध्वज थापाको स्वर रहेको छ । यो गीतलाई अम्बीका शर्माले लेखेकी हुन् । गीतको भिडियोमा कोरियोग्राफि कबिराज गहतराजको रहेको छ । जसमा दिव्य सुवेदीको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

यो चलचित्रको निर्देशक पोखरेलले चलचित्र पूर्ण रुपमा प्रेमकथामा आधारीत रहेको सो कार्यक्रममा बताए । यस अघि भुषण आनन्द ठकुरी निर्देशकको रुपमा यसमा रहेका थिए । तर ति निर्देशकले चलचित्र निर्देशन बिचैमा छोडि अलपत्र पारेको कारण सम्पूर्ण जिम्मेवारी आफूले सम्हालेर चलचित्र तयार गरेको पनि पोखरेलले बताए ।

चलचित्रका कार्यकारी निर्माता कर्ण थापा किरण र बाबु गौतम रहेका छन् यो चलचित्रका निर्माताहरु इन्द्र रजक, समृद्धि श्रेष्ठ, बिशाल गुरुङ, कमल चन्द्र पोखरेल र गोबिन्द बर्देवा हुन