ब्युटी न्युज नेपाल
काठमाडौं, २२ असार

बिगत ८ वर्षदेखि गायनमा लाग्दै आएका गायक तथा संगीतकार सुविन्द्र केसीले नयाँ एल्बम ‘आरोहण’ बजारमा ल्याएका छन् । उनको यो पहिलो गीतिसँग्रह हो ।

यो गीतिसँग्रहको काठमाडौंमा एक कार्यक्रममा बरिष्ट गीतकार दिनेश अधिकारी, गायक रामकृष्ण ढकाल, संगीतकार राम सिटौलासहितले सँयुक्त बिमोचन गरेका छन् ।

सुविन्दले २०६९ सालमा पहिलो गीत रेकर्ड गराएर सांगीतिक यात्रा सुरु गरेका थिए । आफ्नो पहिलो गीतिसँग्रह आरोहणमा उनले आधुनिक शैलीका सात वटा गीतहरु समावेश गरेका छन् । यो सँग्रहका ती गीतहरुलाई बिपिन किरण, राम सिटौला, एकनारायण झण्डारी, डा.नवराज लम्साल, पुरुषोत्तम ढुंगेल तथा गायक केसीले रचना गरेका हुन् । यी सबैगीतलाई सुविन्द्र केसी आफैंले गाएका छन् । गीत संयोगान्त र वियोगान्त दुबै शैलीको छ ।

एल्बमका ती गीतहरुलाई बिपिन किरण, राम सिटौला, एकनारायण झण्डारी, डा.नवराज लम्साल, पुरुषोत्तम ढुंगेल तथा गायक केसीले लेखेका हुन् । सँग्रहका यी गीतमा अर्जुन पोखरेल, राम सिटौला, महेश खड्का, टिका भण्डारी, श्रीकृष्ण बम मल्ल र गायक स्वयंको संगीत छ ।

केसीको आरोहणलाई बिन्ध्यवासिनी म्युजिक प्रालिले उत्पादन तथा विक्री–वितरण गरेको हो । केसीको स्वर निकै कर्णप्रिय भएकाले उनको गीतिसँग्रह आफुहरुले बजारमा ल्याएको बिन्ध्यवासिनी म्युजिकका प्रवन्ध निर्देशक सुवास रेग्मीले कार्यक्रममा बताए ।

गायक सुविन्द्र केसीले पनि अग्रहरुको प्रेरणाले आफु गायन क्षेत्रमा आएको हुँ भने । आधा दर्जन सांगीतिक गुरुहरुसंग संगीत प्रशिक्षण लिएर गायनमा उत्रिएका केसीले आफ्नो पहिलो प्रयासलाई श्रोताहरुले स्विकार्ने विश्वास लिएको बताए ।
बरिष्ट गीतकार दिनेश अधिकारीले पनि गायक केसीको स्वर निकै माझिएको र उनी नयाँ नभएर परिपक्क गायकझै स्वरका हिसाबले सुनिएको बताए ।

बिमोचन कार्यक्रममा आरोहण गीतिसँग्रहमा समावेश गीत उधारो वाचा…को भिडियो पनि सार्वजनिक गरियो । भिडियोमा अभिनेत्री केकी अधिकारी र रञ्जित पौडेलको रोमान्सका आरोह अवरोह प्रस्तुत गरिएको छ । यो भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् ।