ब्युटी न्युज नेपाल
काठमाडौं, २१ असार

चलचित्र ‘गोर्खे’को सम्पूर्ण छायांकन सकिएको छ । यो चलचित्रको बुधबार ललितपुरको चापागाउँ स्थित बज्रबाराही मन्दिरको जंगलमा इन्ड्क्ल्याप गरियो ।

कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको यो चलचित्रकोे पाल्पा ,बर्दघाट,धम्पुस,पोखरा र काठमाण्डौ लगायत नेपालको रमणीय स्थानहरुमा छायांकन गरिएको हो ।

यस चलचित्रलाई द्धन्द्ध निर्देशक शंकर महर्जनले निर्देशन गरेका हुन । उनी यो फिल्मबाट निर्देशनमा उत्रिएका छन् ।
करिब ४५ दिनमा छायांकन सकिएको यस सिनेमाको एक गित सिन्के अचार… अहिले निकै हिट पनि छ। यस सिनेमाको गीतमा कोरियोग्राफी भने शिब बि कको रहेको छ ।

यो चलचित्रमा हिमाल के सीको द्वन्द निर्देशन रहेको छ । गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको पात्र लाई सिनेमामा देख्न पाईने यसका निर्माता हरि थापाले बताएका छन् । सौरब लामा र निरज कंडेलले खिचेको यस सिनेमाको कथा भने यो फिल्मलाई काजी लिम्बुले लेखेका हुन ।

छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको चलचित्र गोर्खेमा रबिन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ, अश्मी लामा, अश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ ,बाल्दिप राईलगायतकाको प्रमुखभूमिका रहेको छ । मित्र डी गुरुङको सम्पादन रहेको यस सिनेमाको बितरण जिम्मा सुनिल मानन्धर लिएका छन ।

यो सिनेमाको चाडै नै अस्ट्रेलिया र अमेरिकामा शो हुने निर्माता हरि लामाले बताए,‘हामीले नेपाल प्रदर्शन मिति तय गरेका छैनौ तर बिदेशको केहि शो पश्चात नेपाल रिलिज मिति तय गर्नेछौ ।’