सानो मनको कन्सर्टमा आयुष्मानलाई युवतीहरुको प्रेम प्रस्ताव


ब्युटी न्युज नेपाल
काठमाडौ, २० असार

यही २७ असारबाट मुलुकका सिनेमा हलमा रिलीज हुने नेपाली चलचित्र ’सानो मन’का अभिनेता आयुष्मान देसराज जोशीलाई उनका युवती प्रसँसकहरुले प्रेम प्रस्ताव राख्दै आई लय यु आयुष्मान भनेका छन् ।

एउटी मात्र हैन, थुप्रै युवतीहरुले यसरी प्रेम प्रस्ताव राख्दा यी अभिनेताले ती युवतीहरुलाई अँकमाल गर्दै धन्यबाद भनेका छन् । आफु चाँडै अभिनेत्री प्रियँका कार्कीसँग विवाह गर्ने तयारीमा रहेका कारण पनि उनले ती युवतीहरुलाई आई लभ यु टु भनेनन् । उनीहरुको प्रेम प्रस्तावमा मुसुक्क हाँसेर थ्याँयु भन्दै सबै युवतीसँग पालैपालो अँकमाल गरे ।

को शुक्रबार काठमाडौंको सिभिल मलमा प्रचार मुलक कन्सर्ट कार्यक्रम आयोजना गरिएको थियो । सोही कार्यक्रममा आयुष्मानका प्रसँसक युवतीहरुले सोझै प्रेम प्रस्ताव राखेका हुन् । कन्सर्टको क्रममा मञ्चमा आयुष्मानसँगै अभिनेत्री शिल्पा मास्के र अर्का अभिनता सक्षमकृष्ण सुवेदी पनि थिए ।

काठमाडौंको सिभिल मलमा सपिङ गर्न आएकाहरुले आयुष्मान, शिल्पा र सक्षमसँग सेल्फी खिचे । यी तीन कलाकारसँग स्टेजमा केही युवा युवतीले रानू कम्बर गीतमा नाचेर हातमा मेहँदी लगाउने अबसरका साथै फिल्म सानो मन हेर्नको लागि टिकट पनि जिते । फिल्मको बारेमा सोधिएको केही प्रश्नको सही जवाफ दिनेहरुले पनि यी कलाकारको हातबाट चलचित्र सानो मन हेर्ने टिकट प्राप्त गरेका हुन् । कार्यक्रममा निर्देशक सुयोग गुरुङलगायत सहभागी थिए ।

आयुष्मानले आफुलाई व्यँग्य गरेर चुसेको आँप भन्नेहरुलाई लक्षित गर्दै हाँसेर म चुसेको आँप चिन्नु भो भन्न पनि पछि परेनन् । अनी उनले ठट्टा गरेको पनि बताए । दर्शकलाई सानो मनले निराश नबनाउने उनको कथन थियो । सानो मनमा आफु निर्वाणको भूमिकामा सान्या (शिल्पा) नायकको रुपमा रहेको र भिलेनको रुपमा सक्षमकृष्ण रहेको पनि उनले बताए । सक्षमले पनि आफु निर्वाणको साथीसँगै भिलेनको भूमिकामा यसमा रहेको प्रष्ट पारे । आफ्नो पहिलो फिल्म भए पनि यो चलचित्रबाट धेरै सिक्ने अबसर पाएको पनि उनले बताए ।

अभिनेत्री शिल्पा मास्केले आफुहरुले यो चलचित्रमा निकै मेहनत गरेको र आफु यो फिल्ममा भैरहवामा बस्ने एउटी युवती सान्याको भूमिकामा छु भनिन् । आफ्नो भैरहवादेखि काठमाडौं हुँदै विदेशसम्मको सांगीतिक र प्रेम यात्रामा यो चलचित्र केन्द्रित रहेको पनि उनले बताईन् ।

सानो मनका नायक नायिकाले सिनेमाको बारेमा जानकारी दिएपछि यो फिल्मको शिर्ष गीतका गायक रोहित जोन क्षत्री मञ्चमा उत्रिए । उनले फिल्मको शिर्ष गीत सानो मन… सुनाउँदा दर्शकले तालीले साथ दिए । उनले यो चलचित्रको अर्को गीत पनि कार्यक्रममा सुनाए ।

चलचित्र सानो मनकोबारेमा जानकारी दिने उदेश्यले यो कन्सर्ट आयोजना गरिएको चलचित्रका निर्माता राजेन्द्र मानन्धरले सञ्चारकर्मीलाई जानकारी गराए । शनिबार दिउँसो २ बजे ललितपुरको लबिम मलमा पनि सानो मनको यस्तै कन्सर्ट आयोजना गर्न लागिएको पनि निर्माता मानन्धरले बताए ।

निर्देशक सुयोग गुरुङका अनुसार सिभिल मल र लविम मलपछि सानो मनको बारेमा राजधानीका चावहिल स्थित केएल टावर, गोँगबु स्थित विजी मल, कमल पोखरी स्थित सिटी सेन्टरमा पनि प्रोमोसनल म्युजिक कन्सर्ट गरिने भएको छ ।
ओ.पि.जी फिल्मस, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको यो चलचित्रमा आयुष्मान, शिल्पा, सक्षमसँगै गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

सुयोग गुरुङ र मिलन श्रेष्ठले मिलेर फिल्मको सम्पादन गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको सानो मनलाई आलोक शुक्लाले छायांकन गरेका छन् । यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् ।