रोहित जोनसँग ‘सानो मन’को गीत गाउन दर्शकलाई अबसर


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ असार

चलचित्र ‘सानो मन’को शिर्ष गीत सानो मन…लाई रेकर्ड गरेर त्यसको भिडियो पठाउन निर्माण पक्षले दर्शकलाई आह्वान गरेको छ । यही २७ असारबाट मुलुकका सिनेमा हलमा प्रदर्शनमा आउने यो चलचित्रको शिर्ष गीतमा अभिनेता आयुष्मान देसराज जोशी र अभिनेत्री शिल्पा मास्केको अभिनय छ ।

‘सानो मन’ टीमले यो गीतपति दर्शकको बढ्दो आकर्षणलाई ध्यानमा राखेर गायन प्रतियोगिता आह्वान गरेको हो । यस चलचित्रको शिर्ष गीत गाएको भिडियो पठाउने मध्ये उत्कृष्ट एक जनाले गायक रोहितजोन क्षेत्रीसँग गीत गाउन पाउनेछन् पनि निर्माण पक्षले घोषणा गरेको छ ।

गीतको भिडियो पनि ‘सानो मन’ टीमले निर्माण गर्नेछ । निर्णायकमा गायक क्षेत्री स्वयं छन् । नयाँ प्रतिभालाई प्रोत्साहन गर्न यो कन्टेस्टको घोषणा गरिएको निर्माण पक्षको भनाई छ । शिर्ष गीतमा रोहित जोन क्षत्रीको स्वर र स्वप्निल शर्माको शब्द छ । यसमा सुयोग सोताङ्गले संगीत गरेका हुन् । हाईटेक इन्टरट्रेनमेन्टको युट्युबमा यस गीतको भिडियोलाई दर्शकले निकै रुचाएका छन् ।

सानो मनमा आयुष्मान र शिल्पासँगै सक्षम कृष्ण सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका छ । ओ.पि.जी फिल्मस, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । जसमा समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन, आलोक शुक्लाको छायांकन छ । सानो मनलाई योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धरसँयुक्त निर्माण गरेका हुन् ।

यसैबीच टीमले राजधानीदेखि मोफसलसम्म फिल्मको प्रचार भ्याइसकेको छ । म्यूजिकल लभस्टोरीमा निर्मित चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

 

https://www.youtube.com/watch?v=IViF_GvPZz8