बसन्त र एलिनाको ज्यान बेइमानी….


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ असार

संगीतकार तथा गायक बसन्त सापकोटा र गायिका एलिना चौहानले नयाँ गीत यो ज्यान कस्तो बेईमानी…को भिडियो दर्शकमाझ ल्याएका छन् । युट्युबमा कभर गीत गाएर चर्चामा आएकी गायिका एलिना चौहान पछिल्लो समय धमाधम गीत रेकर्ड गराइरहेकी छिन् ।

उनको यो पहिलो अर्जिनल गीतको भिडियो हो । गीतमा एलिनासँगै बसन्त सापकोटाको पनि स्वर रहेको छ । बसन्त सापकोटाको आफिसियल युट्युब च्यानमार्फत् यो भिडियोलाई सार्वजनिक गरिएको छ ।

गीतलाई दुबैले कर्णप्रिय बनाएका छन् । गीतमा शब्द तथा संगीत पनि सापकोटा कै रहेको छ । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन् । शान थापाले निर्देशन गरेको भिडियोमा एलिना र बसन्त गीत गाइरहेका छन् । भिडियोमा गायकरगायिकाको ’लिपसिङ’ मात्र खिचिएको छ । भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।

भिडियोलाई सम्पादन भने सुप्रिम पराजुलीले गरेका हुन । गीत निकै कर्णप्रिय बनेका कारण दर्शकले भिडियोलाई पनि रुचाएका छन् ।