पोखराको फेसन शोमा अभिनेता प्रशान्त सो स्टपर


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ असार

अष्ट्रेलियामा समेत आयोजना हुने तयारीका साथ पोखरामा आगामी २ अगष्टमा ‘हेरिटेज अफ फेसन नेपाल–२०१९’ आयोजना हुने भएको छ । एएसएपीको आयोजनामा हुन लागेको यो फेसन शोमा उदाउँदै गरेका मोडलहरुले क्याटवाक गर्नेछन् । नेपालको फेसन डिजाइनिङमा उदाइसकेका डिजाइनरहरुले तयार पारेका पहिरनमा मोडलहरु स्टेजमा हिड्ने छन् ।

मँगलबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गरी कार्यक्रमबारे जानकारी दिईयो । मोडल, कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार यो कार्यक्रममा सो स्टपरको रुपमा रहनेछन् । यस्तै, ‘कर्पोरेट क्विन २०१९’को उपाधि जितेकी शित्तल थापा पनि सो स्टपरको रुपमा फेसन शोमा प्रस्तुत हुने पत्रकार भेटघाटका क्रममा जानकारी गराईयो ।

आयोजकले यो कार्यक्रम भिजिट नेपाल २०२० लाई लक्षित राख्दै आयोजना गर्न लागेको बताएको छ । यस्तै, नेपालका हेरिटेजहरुको प्रमोशनमा पनि यसले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । शोमा पुर्खाहरुले लगाउने पहिरनदेखि हेरिटेज झल्किने पहिरन समावेश हुनेछ ।

फेशन शोको कोरियोग्राफर मुस्कान रानीले गर्ने भएकी छिन् । गायक धिरजल राइले पनि कार्यक्रममा सहभागीता जनाउनेछन् । यो कार्यक्रममा गायिका मिलन लामा र प्राप्ती तुलाचनले आफ्नो प्रस्तुति राख्नेछन् ।