फेस अफ प्लस टुको खोजी सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ असार

‘फेस अफ प्लस टु’ नामको सौन्दर्य प्रतियोगिताको दोस्रो संस्करणका लागि सुनौलो संसार म्यानेजमेन्टले आवेदन खुल्ला गरिएको छ । पहिलो संस्करण सफलतापछि दोस्रो संस्करणकालागि आवेदन खुल्ला गरिएको राजधानीमा पत्रकार भेटघाटबीच जानकारी गराइयो ।

थापाले प्लस टु दिएर बसेका विद्यार्थीहरुमा रहेको प्रतिभा निखार्दै उनीहरुलाई हरेक क्षेत्रमा अग्रसर हुन प्रेरणा र हौसला प्रदान गर्ने उद्देश्यले ‘फेस अफ प्लस टु’को दोस्रो संस्करणका गर्न लागिएको बताइएको छ ।

छानिएका सबै प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, मिडिया काउन्सिललगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने सुनौलो संसार नेपालका सिइयो नारायणबहादुर थापाले बताए ।

प्रतियोगिताको शिर्ष बिजेताले ६० हजार नगदसहित विभिन्न अवसरहरु प्राप्त गर्नेछन् । यसैगरी शिर्ष बिजेताले सिन्धुपाल्चोकमा रहेको माउन्टेन भ्यु रिसोर्टमा चार जनाका लागि एक रात र दुई दिन बस्न र खानाको व्यवस्था, फष्ट रनरअपले तीन जनाको लागि र सेकेण्ड रनरअपले दुई जनाका लागि यो सुविधा प्राप्त गर्नेछन् । यस्तै अन्य दर्जन सुविधा दिने पनि आयोजक पक्षले जनाएको छ ।