बैंकक फेसन शोमा छाए दिक्पाल


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ असार

चर्चित फेशन डिजाइनर र ब्राण्डका पोशाकसहित बैंककमा आयोजित थाइल्याण्ड इन्टरनेशनल फेशन उत्सवमा मिस्टर मोडल अफ द वल्र्ड दिक्पाल कार्की रयाम्पमा प्रस्तुत भए |

रन वे मोडेलको रुपमा आफुलाई स्थापित गराईसकेका दिक्पाल अल्टिच्युड इन्टरनेशनल ग्रुप थाइल्याण्डको आयोजनामा भएको फेशन उत्सवमा पोलिस बोडी साइज, थाइ च्यारिटी कलेक्सन र अन्सु पाण्डेको डिजाइनमा रयाम्पमा उत्रिए |

फेशन, प्रेम र संस्कृतिलाई प्रनिनिधित्व गर्ने गरी थाइल्याण्ड र अन्य विदेशी फेशन डिजाइनरहरुलाई एउटै प्लेटफर्ममा ल्याउनका लागि गरिएको उक्त शो मा नेपालका तर्फबाट फेशन उत्सवमा सहभागी हुन कार्कीलाई ड्रिम सर्च एजेन्सीले समन्वय गरेको हो |

  प्रस्तुती : जयन सुब्बा मानन्धर