एक्सन र रोमान्सपूर्ण सत्याको ट्रेलर


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ असार

आगामी २२ कात्तिकमा रिलिजको घोषणा सहित चलचित्र ‘सत्या’को ट्रेलर रिलिज गरिएको छ । फिल्म रिलिज हुनु भन्दा चार महिना अघि नै यो सत्याको ट्रेलर र फस्ट लुक्स रिलिज गरिएको हो । ट्रेलर अनुसार यो फिल्म एक्सन प्रधान बनेको छ ।

यो फिल्मका अभिनेता विकाश थापाको जन्मदिनको अबसर पारेर फस्ट लुक्स र ट्रेलर रिलिज गरिएको हो । चलचित्रको ट्रेलरमा प्रेम, रोमान्स र द्वन्द्वलाई देखाइएको छ । यो फिल्ममा मिलन आलेमगरको निर्देशन रहेको छ । आफ्नो चलचित्र अहिलेका समसामयिक सत्य घटनामा आधारित रहको निर्देशक मगरले दाबी गरे ।

सत्यामा विकाश थापासँगै राज कालाखेती, प्रिया शर्मा, करण सिंह बोहोरा, बर्षा थिङ्ग, सुमन खत्री, विकास थापा, गौरव सम्राटलगायतको अभिनय छ । यो फिल्ममा विकास चौधरीको संगीत, सुमन कुमार तण्डुकारको छायांकन, तारा थापा ’किम्भे’ को सम्पादन, श्रवण सम्राटको कथा र देव महर्जनको द्वन्द्व छ ।

सत्यामा रामजी लामिछाने, सुरेश पाण्डे र सुरेश बस्यालको कोरियोग्राफी छ । झम्कीदेवी कालाखेती, सुमन खत्री र करण सिंह बोहोरा निर्माता रहेको फिल्ममा मदन थिङ्ग कार्यकारी निर्मातामा छन् ।