चलचित्र सानो मन मोफसल यात्रामा


ब्युटी न्युज नेपाल
चितवन, १३ असार

२७ असारबाट मुलुकका सिनेमा हलमा प्रदर्शनमा आउने चलचित्र ‘सानो मन’ युनिट यति बेला चलचित्रको प्रचार प्रसारका लागि मोफसल यात्रामा छ । यो चलचित्रको युनिटले शुक्रबार चितवनका पत्रकारबीच अन्तक्रिया गर्दै २० असारमा भनिएको यो चलचित्र अब २७ असारमा मात्र आउने जानकारी गराएको छ ।

सुयोग गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘सानो मन’ युष्मान देशराज जोशी, शिल्पा मास्के, विशाल पहाडी, गौरी मल्ल, रश्मी भट्ट, शिशिर बाङ्देल, सक्षक कृष्ण सुवेदी, कृष्ण भक्त महर्जन, लक्ष्मी भुषाललगायतका कलाकारकोअभिनय रहेको छ ।

चलचित्रकी मुख्य नायिका शिल्पा मास्के ,कलाकार सक्षमकृष्ण सुवेदी र निर्माता राजेन्द्र मानन्धरले सानो मनको बारेमा प्रकाश पारे । शिल्पा मास्केले यस चलचित्रमा आफुले निकै मेहेनेत गरेको र चलचित्र दर्शकलाई मन पर्ने जिकिर गरिन् ।

पत्रकार भेटघाटमा अभिनेत्री शिल्पा मास्केले यो चलचित्रमा सकरात्मक मानवीय सम्बन्धले जीवनमा ल्याउने परिवर्तनको कथा प्रस्तुत गर्न लागेको बताईन् । चलचित्रमा आफु बुटबलको सानो ठाउँबाट काठमाडौं हुँदै विदेशसम्म पुग्दाको यात्रालाका विविध पाटालाई समेटिएको पनि उनले बताईन् ।

सानो मनको कथा बस्तु प्रभावशाली लागेर आफुले चलचित्रमा काम गरेको र आफ्नो तर्फबाट राम्रो काम गरेको छु भन्दै अब दर्शक चलचित्र हेरेर मुल्यांकन गर्ने उनले बताईन् । शिल्पाले आफु लण्डन बसेर बिदेशी फिल्ममा समेत काम गरेको अनुभब सुनाउदै नेपालमा नै केहि गर्छु भनेर नेपाल आएर नेपाली फिल्ममा अभिनय गरेको जानकारी गराईन् ।

यस्तै नब नायक सक्षम कृष्ण सुवेदी आफ्नो पहिलो चलचित्र भए पनि निकै मेहेनत गरेको र यस चलचित्र बाट ठुलो आशा लिएको छु भने । यता चलचित्र का निर्माता राजेन्द्र मानन्धरले चलचित्रको कथा मन परेर यस चलचित्र निर्माण गरेको बताए । चितवनमा पत्रकार भेटघाट सकिए लगतै चलचित्र युनिट पोखरातिर लागेको छ ।

सिनेमाको सम्पादन सुयोग गुरुङ र मिलन श्रेष्ठले मिलेर गरिरहेका छन् । यस सिनेमाका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । ओ.पि.जी फिल्मस, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा सानो मन निर्माण भएको हो ।

सिनेमालाई आलोक शुक्लाले छायांकन गरेका हुन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको हो ।