नेपाल आईडल उपबिजेता प्रतापदासको नयाँ भिडियो


व्युटी न्युज नेपाल
काठमाडौं, १६ असार

गायक प्रताप दासको स्वरमा रहेको नयाँ गीत ‘लेखे एउटा’को भिडियो दर्शकमाझ आएको छ । हरि पराजुलीको शब्दमा सरोज पोखरेलको संगीत रहेको गीतमा प्रेमका कुराहरु प्रस्तुत गरिएको छ । गीतमा आमोङ तामाङको एरेन्ज, साजन शाहको मिक्सिङ र मास्टरिङ छ ।

नेपाल आइडलका सेकेण्ड रनरअप (उपबिजेता) भएका  प्रताप दासको यो भिडियोमा दुई प्रेमीको बाल्यकालिन समयदेखि युवावस्थासम्मको प्रेमलाई देखाइएको छ । यो गीतको भिडियोलाई केदार धितालको निर्देशन गरेका हुन् । भिडियोमा श्रेया कार्की र कमल सिंहको अभिनय रहेको छ । भिडियोमा बाल कलाकार बिराज ढकाल र आस्मा परियारले बाल्यकालको भूमिका निर्वाह गरेका छन् ।

के क्रिएसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो भिडियोमा बुद्ध थापाको छायांकन र निशान घिमिरेको सम्पादन छ ।